• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


सडक डिभिजन लहानका लेखा अधिकृत पोखरेल एक लाख घुससहित पक्राउ

सडक डिभिजन लहानका लेखा अधिकृत पोखरेल एक लाख घुससहित पक्राउ

images

प्रभाव न्यूज

२७ आषाढ २०८०
  • 7.0K
    SHARES
  • images
    सडक डिभिजन लहानका लेखा अधिकृत पोखरेल एक लाख घुससहित पक्राउ
    images
    images
    images

    सिरहा​- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई रु एक लाख घुस रकमसहित पक्राउ गरेको छ ।

    images

    अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मङ्गलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

    सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस मागेको पाइएको छ ।

    पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन् ।

    images

    अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ । -रासस

    images

    images
    images

    प्रकाशित :आषाढ २७, २०८० बुधवार - ०९:५१:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij