• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


मकैको खोसेलाबाट विभिन्न सामग्री निर्माण

मकैको खोसेलाबाट विभिन्न सामग्री निर्माण

images

प्रभाव न्यूज

२१ फाल्गुण २०७७
  • 31.4K
    SHARES
  • images
    मकैको खोसेलाबाट विभिन्न सामग्री निर्माण
    images
    images
    images

    खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारका महिलाहरु मकैको खोसेलाबाट विभिन्न सामग्री बनाउन गर्न सक्ने भएका छन्। नगरपालिकाले गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मकैको खोसेलाको विभिन्न सामग्री निर्माण गर्ने एक महिने सीप विकास तालिम दिएपछि खोसेलाबाट विभिन्न सामग्री बनाउन सक्ने भएका हुन् ।

    images

    मकैको खोसेलाको विभिन्न सामग्रीको निर्माण गर्ने सीप विकास तालिम पाएपछि पिरा, डोरम्याट, टि म्याट, झोला, चप्पल, फुलदानी, गमला, टोपी, डाइनिङ म्याट र चकटी बनाउन सक्ने भएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले जानकारी दिए। तालिमले महिलाहरुलाई आत्मनिर्भर बन्न महिलाहरुलाई ठूलो सहयोग पुगेको राईको भनाई छ।

    महिलाहरुले तालिम अवधिमा निर्माण गरेको मकैको खोसेलाबाट बनेका १२ हजार ६३० रुपैयाँ बराबरको सामग्रीहरु महिला उद्यमी महासंघ केन्द्रीय अध्यक्ष देविका बुढाथोकीले खरीद गरिदिएका थिए।

    अबका दिनमा महिलाहरुले निर्माण गरेको मकैको खोसेलाका सामग्रीहरु विक्रीका लागि वजारीकरणको जिम्मा पनि महिला उद्यमी महासंघ केन्द्रीय अध्यक्ष बुढाथोकीले लिनुभएको उपप्रमुख विमला राईले जानकारी दिईन। महिलाहरुले बनाएको सामग्रीको मूल्य पनि निर्धारण गरिएको छ ।

    images

    उनीहरुले मकैको खोसेलाबाट बनाएको सामग्रीहरु चिनसम्म निर्यात हुने वातावरण बनेको छ । एक महिने सीप विकास तालिमको समापनमा वोल्दै सहभागी महिलाहरुले अब मकैको खोसेलाबाट आर्जन गर्ने बताएका छन्। ३० जना महिलाहरुले तालिममा भाग लिएका थिए। केही समयपछि धितुङमा पनि मकैको खोसेलाको विभिन्न सामग्री निर्माण गर्ने तालिमको आयोजना गरिने नगरपालिकाले जनाएको छ ।

    images

    माग र इच्छा अनुसार अन्य ठाउँमा पनि तालिम गराउने नगरको लक्ष्य छ। गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमका लागि नगरपालिकाले ४२ लाख ६० हजार वजेट विनियोजन गरेको छ। सो वजेटबाट विभिन्न महिला उद्यमी तालिम, कोसेली घर निर्माण लगायतका महिलामैत्री कार्यक्रमहरु जनाइएको छ।

    images
    images

    प्रकाशित :फाल्गुण २१, २०७७ शुक्रवार - ०८:४४:०८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij