• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


अदालतका खरिदार आफ्नै कोठामा मृत फेला

अदालतका खरिदार आफ्नै कोठामा मृत फेला

images

प्रभाव न्यूज

१ माघ २०७७
  • 19.8K
    SHARES
  • images
    अदालतका खरिदार आफ्नै कोठामा मृत फेला
    images
    images
    images

    खोटाङ- जिल्ला अदालत खोटाङमा कार्यरत खरिदार कमलदीप ढकाल आफ्नै कोठामा मृत फेला परेका छन् ।

    images

    सुर्खेत जिल्लाको वीरेन्द्र नगरपालिका(११ घरभई हाल खोटाङ जिल्ला अदालतमा कार्यरत खरिदार ३६ वर्षीय ढकाल आज (बिहीबार) बिहान दिक्तेल बजारस्थित आफ्नै कोठामा मृत फेला परेका हुन् ।

    मृतक ढकाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१ स्थित मोहन दुलालको घरमा दुई वर्षदेखि डेरा भाडा लिएर बस्दै आएका थिए । बेलुकी खाना खाएर सन्चै सुतेका ढकाल बिहान मृत भेटिएको घरबेटी दुलालले बताउनुभएको छ ।

    दुलालका अनुसार बेलुकी खाना खाएर सन्चै सुतेका ढकालले बिहान अबेरसम्म आफ्नो कोठाको ढोका नखोलेपछि प्रहरीलाई खबर गरेर ढोका खोल्दा मृत फेला परेको जनाइएको छ । “मृतक ढकालको मुखबाट हल्का रगत बगेको देखिएको छ”, घरबेटी दुलालले भन्नुभयो, “आफ्नै कोठामा सुतेका मृतक ढकालको शव परीक्षण गर्नका लागि जिल्ला अस्पताल खोटाङ लगिएको छ ।”

    images

    आफ्नै कोठामा मृत भेटिएका ढकालको अवस्था हेर्दा समान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । “घटनाको अवस्था हेर्दा कुनै शङ्कास्पद अवस्था छैन”, उहाँले भन्नुभयो, “मृतकको शव परीक्षणमा लगिएकाले अरु मेडिकल रिपोर्ट आएपछि भन्न सकिन्छ ।” मृतकको शव उनका आफन्त आएपछि मात्र परीक्षण गर्ने तयारी गरिएको जनाइएको छ ।

    images

    मृतकका आफन्त उहाँबाट हिँडिसकेको र उनीहरु आज (बिहीबार) बेलुकासम्ममा दिक्तेल आइपुग्ने प्रहरी प्रवक्ता साहले जानकारी दिनुभएको छ । मृतक ढकाल बसेको कोठाको ढोका जिल्ला न्याधिसको समेत उपस्थितिमा खोलिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार मृतक ढकाल आफैले कोठाभित्र पसेपछि आफ्नो कोठामा रहेको ढोकाको छेस्किनी हालेर सुतेको खुल्न आएको छ ।

    images
    images

    प्रकाशित :माघ १, २०७७ बिहिवार - १७:१६:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij