सुनचाँदीको भाउ झर्दो क्रममा रहेको छ। बिहीबार पनि सुनचाँदीको भाउमा गिरावट आएको छ।
बिहीबार सुन तोलामा ५०० ले झरेको छ भने चाँदी ५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८९ हजार ३०० कायम गरेको छ।
हिजो तोलाको ८९ हजार ८०० मा कारोबार भएको थियो। मंगलबार तोलाको ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ५०० रुपैयाँले नै घटेर तोलाको ८८ हजार ८५० कायम भएको छ।
यसैगरी, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ।
महासंघले आजका लागि चाँदीको भाउ तोलाको १३ सय ५५ कायम गरेको छ । बुधबार तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।