• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


एक महिलाको अश्लील भिडियो बनाएर ५० लाख बार्गेनिङ गरेपछि...

एक महिलाको अश्लील भिडियो बनाएर ५० लाख बार्गेनिङ गरेपछि...

images

प्रभाव न्यूज

२७ जेठ २०७९
  • 18.8K
    SHARES
  • images
    एक महिलाको अश्लील भिडियो बनाएर ५० लाख बार्गेनिङ गरेपछि...
    images
    images
    images

    पोखरा, जेठ २७ - गत बैशाख २६ गते। एक महिलाको अश्लील भिडियो खिचे। त्यसपछि उनले चरित्र हत्या गर्ने धम्की दिए। सामाजिक सञ्जालमा हालिदिने उनको धम्की थियो।

    images

    भिडियो डिलिट गर्न ति महिलाले पटक पटक आग्रह गरिन्। मानेनन्। उनले भिडियो हटाउने भए ५० लाख दिन भने।

    पीडित महिलाले ३ लाख रुपैयाँ दिइन्। बाँकी रकम पनि मागिरहे।

    पटक-पटक धम्की दिएपछि महिलाले कास्की प्रहरीमा उजुरी दिइन्। प्रहरीले अनुसन्धान सुरु गर्यो।

    images

    अन्ततः कैलाली प्रहरीको समन्वयमा कास्की प्रहरीको टोलीले बाजुरा बडीमालिका ७ का २७ वर्षीय शान्तराज तिमिल्सेनालाई पक्राउ गर्यो।

    images

    ‘लुकिछिपी भिडियो बनाएर बार्गेनिङ गरेको सूचना आयो,’ कास्की प्रहरीका निमित्त प्रबक्ता ज्ञानबहादुर खड्काले भने, ‘सोही उजुरीका आधारमा पक्राउ गरिएको हो। हामी अनुसन्धान गरिरहेका छौं।’

    उनलाई आपराधिक विश्वासघाट मुद्धामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको खड्काले जानकारी दिए।

    उनले अरुलाई पनि त्यस्तो गरे/ नगरेको भने खुलेको छैन।

    images
    images

    प्रकाशित :जेठ २७, २०७९ शुक्रवार - २२:०२:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij