खोटाङ- यहाँको केपिलासगढी गाउँपालिका–३ बासपानीमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन्।
माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा तुलाराम राई वडाध्यक्ष निर्वाचित भएका हुन्।
दुई खुला सदस्य माओवादी केन्द्रको र दलित महिला सहित दुई महिला सदस्य नेकपा एकीकृत समाजवादीको निर्वाचित भएका हुन्।
खुला दुई सदस्य पनि महिला छन्। बासपानीमा वडाध्यक्ष पुरुष र चार सदस्य महिला भएका छन्।