• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कामको ज्याला माग्दा खुकुरी प्रहार गरि उल्टै हत्या

कामको ज्याला माग्दा खुकुरी प्रहार गरि उल्टै हत्या

images

प्रभाव न्यूज

२५ आषाढ २०८३
  • 1.5K
    SHARES
  • images
    कामको ज्याला माग्दा खुकुरी प्रहार गरि उल्टै हत्या
    images
    images
    images

    खोटाङ - खुकुरी प्रहारबाट खोटाङमा एक जनाको हत्या गरिएको छ ।

    images

    दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ मोरिया याम्खाका ५३ वर्षीय तिलकबहादुर मुग्रातीले खुकुरी प्रहार गरी ३५ वर्षीय धुर्ब अधिकारीकाे हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    बिहीबार दिउँसो १२ बजेतिर अधिकारी मुग्रातीको घरमा काम गरेको ज्याला माग्न गएका बेला टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेकाे प्रहरीको भनाइ छ ।

    टाउकोमा लागेको गम्भीर चोटका कारण अधिकारीको घटनास्थलमै मृत्यु भएको जनाएको छ। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक बिकल न्यौपानेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा संलग्न आरोपित मुग्रातीलाई नियन्त्रणमा लिएको छ।

    images

    प्रहरीका अनुसार घटनामा प्रयोग भएको खुकुरी र मृतकको शव घटनास्थलमै सुरक्षित राखिएको छ। घटनास्थलको मुचुल्का, प्रमाण संकलन तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट प्रहरी निरीक्षक निराजन बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको जनाइएको छ।

    images

    घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

    images
    images

    प्रकाशित :आषाढ २५, २०८३ बिहिवार - १७:५०:३०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij