• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


रास्वपा खोटाङको सभापतिमा थापा निर्वाचित

रास्वपा खोटाङको सभापतिमा थापा निर्वाचित

images

प्रभाव न्यूज

२५ जेठ २०८३
  • 2.3K
    SHARES
  • images
    रास्वपा खोटाङको सभापतिमा थापा निर्वाचित
    images
    images
    images

    खोटाङ- रास्वपा खोटाङको सभापतिमा मुकुन्दकृष्ण थापा चयन भएका छन् ।

    images

    जेठ २४ गते दिक्तेलमा सम्पन्न प्रथम जिल्ला अधिबेसनबाट थापा जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । थापाले ७८ मत पाउँदा अध्यक्षका अर्का उम्मेदवार ओजोनबाबु आचार्यले २८ मत पाएका छन् ।

    २०८१ पुस १३ गतेको प्रथम जिल्ला भेलाबाट सभापति बनेका थापाले प्रथम जिल्ला अधिबेसनबाट पुःन जिम्मेवारी पाएका हुन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ निवासी थापा सिभिल इन्जिनियर हुन् । उपसभापतिमा गोबिन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध चयन भएका छन् । सचिवमा पर्शुराम थापा (आशिष) विजयी भएका छन् ।

    images

    थापाले ७१ मत पाउँदा सचिवका अर्का उम्मेदवार उद्धवप्रसाद आचार्यले २८ मत पाएका छन् । सह–सचिवमा ६४ मत पाउँदै राजन अधिकारी निर्वाचित भएका छन् । सह–सचिवका उम्मेदवार दुर्वासा गेलालले २८ र भक्तबहादुर गिरीले ९ मत पाएका छन् ।

    images

    सदस्यमा चन्द्रबहादुर परियार, प्रकाश अधिकारी, कृष्णबहादुर केसी, थानेश्वर रिजाल, नविन आचार्य, केशरबहादुर श्रेष्ठ र मेघराज दंगाल चयन भएका छन् ।

    यस्तै, निर्वाचन क्षेत्र उप–संयोजकमा लवबहादुर गुरुङ, निर्वाचन क्षेत्र सचिवमा तुलाबहादुर खत्री र निर्वाचन क्षेत्र सदस्यमा भिमन गुरुङ चयन भएका छन् ।

    रास्वपाका केन्द्रीय सचिवालय सदस्य सरिता ज्ञवाली, केन्द्रीय जनसम्पर्क विभागका सदस्य मिलन कान्छा किराती लगायतको उपस्थितिमा जिल्ला अधिबेसन सम्पन्न भएको हो ।

    images
    images

    प्रकाशित :जेठ २५, २०८३ सोमवार - ०९:२८:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij