• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङको बुईपामा बन्यो ९० लाखको कोल्ड स्टोर

खोटाङको बुईपामा बन्यो ९० लाखको कोल्ड स्टोर

images

प्रभाव न्यूज

२७ चैत्र २०७८
  • 18.3K
    SHARES
  • images
    खोटाङको बुईपामा बन्यो ९० लाखको कोल्ड स्टोर
    images
    images
    images

    खोटाङ, चैत २७ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा कोल्ड स्टोर ९चिस्यान केन्द्र० निर्माण गरिएको छ।

    images

    संघीय सांसद निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ३० टन भार क्षमताको कोल्ड स्टोर निर्माण गरिएको हो।

    ९० लाखको खर्चमा निर्माण गरिएको चिस्यान केन्द्र शुक्रबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका छन्।

    किसानले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफुल लगायतका कृषि उपज भण्डारणका लागि चिस्यान केन्द्र निर्माण गरिएको हो।

    images

    चिस्यान केन्द्रमा जिल्लामा उत्पादित कृषि सामग्रीलाई व्यवस्थित तरिकाले लामो समयसम्म सुरक्षित रुपमा भण्डारण गर्न सकिने नगरपालिकाले जनाएको छ ।

    images

    चिस्यान केन्द्र उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य पाँचकर्ण राई, नगर प्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेवी राई लगायतको उपस्थिति रहेको थियो।

    images
    images

    प्रकाशित :चैत्र २७, २०७८ आइतवार - ०९:४६:१७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij