• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


१८ दिनमै हलेसी मन्दिरमा पाँच लाख भेटी

१८ दिनमै हलेसी मन्दिरमा पाँच लाख भेटी

images

प्रभाव न्यूज

२० चैत्र २०७८
  • 9.3K
    SHARES
  • images
    १८ दिनमै हलेसी मन्दिरमा पाँच लाख भेटी
    images
    images
    images

    खोटाङ- १८ दिनमा खोटाङको त्रि-धार्मिक स्थल हलेसीबाट पाँच लाख भेटी संकलन भएको छ। गत १ चैतदेखि १८ चैतसम्ममा हलेसी महादेव मन्दिरमा दर्शन गर्न आएका दर्शनार्थीबाट ५ लाख ४ हजार ९०० भेटी रकम संकलन भएको हो।

    images

    हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने मन्दिरको शिव पार्वती थानबाट ४ लाख ३६ हजार र मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकाबाट ६८ हजार ९०० आम्दानी भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए।

    हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसी मन्दिरबाट भएका आम्दानीमध्ये पानी, भेटी गणना, अतिथि सत्कार, खाजा लगायतमा ६२ हजार ५१० खर्च गरेर बाँकी रहेको ४ लाख ४२ हजार ३९० रकम माछापुच्छ्रे बैंकको हलेसी शाखामा खोलिएको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ।

    हलेसीमा आउने दर्शनार्थीले चढाएका भेटी रकमलाई गणना गरेर आम्दानीका रूपमा सार्वजनिक गर्नेगरिएको छ। यस अवधिमा सिन्धुपाल्चोक धुमथा–१ का धनबहादुर गुरुङले १ तोलाको सुनको दियो र ३ तोला ८७ लालको चाँदीको प्लेट चढाएको सूचना केन्द्रले जनाएको छ।

    images

    यस्तै, बुढानीलकण्ठ नगरपालिका–१० कपनका कान्छा तामाङले २५।१० तोलाको विस्फोट आकारको १ थान चाँदी चढाएका छन्।

    images

    यस्तै, अन्य दर्शनार्थीले भारु ३ हजार ४००, अमेरिकन डलर १, चाँदी १४।६५ तोला र सुन ०।००५९ तोला चढाइएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिए।

    images
    images

    प्रकाशित :चैत्र २०, २०७८ आइतवार - २०:१५:५६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij