• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


सनराइज बैंकको स्वास्थ्य योजना सहित बीमा सुविधा

सनराइज बैंकको स्वास्थ्य योजना सहित बीमा सुविधा

images

प्रभाव न्यूज

३ चैत्र २०७८
  • 9.2K
    SHARES
  • images
    सनराइज बैंकको स्वास्थ्य योजना सहित बीमा सुविधा
    images
    images
    images

    काठमाडौं - सनराइज बैंकले नयाँ खाता योजना सञ्चालनमा ल्याएको छ। बैंकको नयाँ खाता योजनामा बचतकर्ताको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्च समेत पाउन सकिनेछ।

    images

    २०७४ साल चैत्र १ गते देखि बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिने बैंकले जनाएको छ।

    यस योजनामा बैंकले स्वास्थ्य बीमा अन्तर्गत अस्पताल भर्ना र ओपिडी खर्च गरी १ लाख सम्मको बीमा दिएको बैंकले जनाएको छ । उक्त बीमा रकम वर्षमा तीन पटक सम्म गरी दाबी गर्न सकिनेछ।

    साथै ५ लाख सम्म दुर्घटना बिमा पनि दिइएको छ। पहिले नेपाल र भारतका १५ वटा अस्पतालको उपचारमा मात्र बीमा दिदै आएकोमा यस वर्ष देखि नेपाल लगाएत भारतका ७० वटा अस्पताल तथा सिंगापुर थाईल्याण्डका अस्पतालमा उपचार गराउदाको खर्च समेत स्वास्थ्य योजना अन्र्तगत दाबी गर्न सकिने बैंकले जनाएको छ।

    images

    साथै नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिने भएको छ।

    images

    महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग आदि सहितका १८ घातक रोगहरु यसले समेट्ने छ। साथै महिलाहरुलाई प्रसुति खर्च स्वरुप १० हजार सम्म दिइने बैंकले जनाएको छ।

    उक्त प्रसुति खर्च भने सरकारी तथा अर्ध सरकारी अस्पतालमा प्रसुती गराउदा लिन सकिने पनि बैंकले जनाएको छ।

    ग्राहकहरुलाई सधै प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकहरुको बचत मात्र नभई उनीहरुको स्वास्थ्यमा पनि साथ दिएको र यसले हाल सम्म हजारौ ग्राहकहरु लाभान्वित भइसकेको बैंकको भनाई छ।

    बैंकका अनुसार हाल उपलब्ध सबै खाले बचत खातामा यो सुविधा उपलब्ध छ।

    images
    images

    प्रकाशित :चैत्र ३, २०७८ बिहिवार - ११:४३:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij