काठमाडौं- हालै सार्वजनिक भएको एक अध्ययनको निष्कर्षका अनुसार संसारमा सबैभन्दा महंगो टेलिकम सेवा नेपालमा रहेको पाइएको छ।
त्यस्तै जनताबाट महंगो महशुल उठाएका कारण विश्वमै सबैभन्दा उच्च मुनाफा पनि नेपालमै मोवाइल सेवा संचालन गरिरहेको एनसेलले गर्ने गरेको पाइएको छ। यसअघि नेपालकै महालेखा परीक्षकको कार्यालयले पनि नेपालमा एनसेलले कमाएको नाफा विश्वकै सबैभन्दा बढि रहेको तथ्य सार्वजनिक गरेको थियो।
एनसेलको चुत्तापुँजी १० करोडमात्र छ। तर, १० करोडको कम्पनीले गएको वर्षमात्र ४१ अर्व कमाएको थियो। यो भनेको ठूलो लुट रहेको टेलिकम विज्ञहरु बताउँछन्।
एनसेलले चर्को महशुल लिएरमात्र लुटेको छैन। डाटा र प्याकको नाममा पनि ग्राहकहरुलाई ठगिरहेको छ। गएको वर्षमात्र यसले प्याक खरिद गरेको नाममा प्याकमा उपभोक्ताले खरिद गरे अनुसारको पुरै डाटा नदिएर करिब ४ अर्ब ठगेको पुष्टि भएको थियो।
एनसेलले चर्को महशुल लिएरमात्र लुटेको छैन। डाटा र प्याकको नाममा पनि ग्राहकहरुलाई ठगिरहेको छ। गएको वर्षमात्र यसले प्याक खरिद गरेको नाममा प्याकमा उपभोक्ताले खरिद गरे अनुसारको पुरै डाटा नदिएर करिब ४ अर्ब ठगेको पुष्टि भएको थियो।
तर, ४ अर्ब लुटिएपनि नेपाल दुरसंचार प्राधिकरणले भने जम्मा एघार लाख जरिवाना तिराएको थियो। तर, एनसेलले एघार लाख जरिवाना पनि तिरेन।
उल्टै अदालतमा मुद्धा हाल्यो। अदालतले तत्काल जरिवाना तिर्न नपर्ने अन्तरिम आदेश दिएर मुद्धालाई होल्ड गराई राख्यो। अदालतलाई एनसेलले सेटिङगरि मिलाएको धेरैको आशंका छ। उपभोक्तालाई ठगेको भनेर पुष्टि भएको ४ अर्व पनि फिर्ता गर्न नपर्ने गरि सबैतिर सेटिङ मिलाएपछि एनसेलको दादागिरि झन् बढेको छ।
एनसेलले नेताहरुलाई पैसा ख्वाएर आफ्नो पक्षमा पारिरहेको ओपनसेक्रेट जस्तै छ। त्यसैले त, उसले जति लुटेपनि कुनै नेताहरुले विपक्षमा बोल्दैनन्। आफ्नै आखाँअघि जनता लुटिदापनि नेताहरु मौन देख्दा विश्लेषकहरु आश्चर्यमा पर्ने गरेका छन्।
विश्लेषकहरु भन्छन्, ‘आफुहरुले पैसानै खाएपनि जनतालाई लुटिरहन त नदिनुपर्ने हो।’ तर, अहिले त्यतिमात्र होइन। एनसेलले कतिपय ठूला अनलाइनलाइ किनेको बजारमा चर्चा छ। फ्रिमा भ्वाइस र आधा सस्तोमा डाटा सुविधा दिने घोषणा गरेको सिजि टेलिकमलाई लाइसेन्स पाउनवाट रोक्न अहिले एनसेल कम्मर कसेर लागेको छ।
एनसेलले अर्को टेलिकम कम्पनी आए तिव्र प्रतिष्पर्धा गर्नुपर्ने हुन्छ। संसारभरि नै निःशुल्क भ्वाइस दिने चलन भएपनि नेपालमा महंगो शुल्क लिइन्छ। संचालन अनुमति कुरीरहेको सिजि टेलिकम बजारमा भ्वाइस निः शुल्क र डाटा आधा सस्तोमा उपलब्ध गराउने घोषणा गरिसकेको छ।
त्यसपछि बजारमा टिक्न आफुले पनि त्यस्तै सुविधा प्रयोगकर्ताहरुलाई दिनुपर्ने भएपछि एनसेल आत्तिएको हो। त्यसैले आफुले सहजै कमाएको अरबाैं रुपैयाँको सानो हिस्सा नेता र मिडियालाई बाँढेर नयाँ कम्पनीको भ्रुणमै हत्या गर्न पाए, आफ्नो एकाधिकार कायम राखी उपभोक्तालाई थपभार पारी आम्दानी कायम राख्ने दाउ मिलाउन एनसेल सक्रिय रहेको चर्चा छ ।
विश्वका लगभग सबै देशमा भ्वाइसकल र एसएमएस निःशुल्क भैसकेको बेलापनि नेपालमा भएको छैन। यो शुल्क घटाउन न सरोकारवाला निकाय दुरसंचार प्राधिकरणले चासो देखाएको छ, न नेता, पत्रकारहरुले विरोध गरेका छन्।
उपभोक्ताबाट चर्को महशुल उठाएर मनग्य आम्दामी गरेको एनसेलले भने सरोकारवाला नेता देखि पत्रकारहरुसम्मको मुखमा बुजो लगाइदिएको चर्चा बजारमा छ।