काठमाडौं - नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मुल्य प्रति तोला १ लाख ५ हजार ५ सय तोकिएको छ।
यसअघि नेपाली बजारमा सुनको मुल्य यति धेरै कहिल्यै थिएन।
मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजारमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ।
चाँदीको मूल्य पनि तोलामा ४० रूपैयाँ बढेको छ ।मंगलबार एक हजार चार सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ५० रुपैयाँ तोकिएको छ ।
पछिल्लो ९ दिनमा सुनको मूल्य प्रतितोला ९ हजार बढेको हो।