• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


दूधकोशी जलविद्युत आयोजनाका लागि २४२१ कित्ता जग्गा अधिग्रहण प्रकृया सुरु

दूधकोशी जलविद्युत आयोजनाका लागि २४२१ कित्ता जग्गा अधिग्रहण प्रकृया सुरु

images
  • 22.8K
    SHARES
  • images
    दूधकोशी जलविद्युत आयोजनाका लागि २४२१ कित्ता जग्गा अधिग्रहण प्रकृया सुरु
    images
    images
    images

    खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि २४२१ कित्ता जग्गा प्राप्तिको प्रकृया सुरु भएको छ।

    images

    आयोजना प्रभावित क्षेत्र चिसंखुगढी गाउँपालिकाका पाँच वडाका २४२१ कित्ता जग्गा, घर, गोठ, टहरा र रुखबिरुवासमेत स्थायी रुपमा प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आज सूचना जारी गरेको हो।

    वडानम्बर १ (साविकको कुइभिर गाविस) का ११४९, वडानम्बर २ (साविकको पोखरे गाविस)का २५३ घरपरिवार, वडानम्बर ३ (साविकको दियाले गाविस)को ६००, वडानम्बर ६ (साविकको भदौरे गाविस)को ३७१ र वडानम्बर ७ (साविकको माम्खा गाविस)का ४८ घरपरिवारको नाममा रहेको जग्गा अधिग्रहण हुने भएको छ।

    सूचनामा उल्लिखित जग्गाको कारोबार आजैदेखि रोक्का भएको छ  र, यी जग्गामा कुनै नयाँ संरचना बनाउन पाइने छैन।

    images

    यदि आफ्नो जग्गा प्राप्त गर्न नपर्ने भए १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा उजुरी गर्न सकिनेछ।

    images

    यो जलविद्युत आयोजनालाई ०७७/०७८ को बजेटमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरिएको थियो।

    झण्डै दुई खर्ब लागत अनुमान गरिएको यो आयोजना निर्माणका लागि एसियाली विकास बैङ्क, युरोपेली लगानी बैङ्क, एशियाली पूर्वाधार लगानी बैङ्क र कोरियाली एक्जिम बैङ्कको संयुक्त लगानी रहनेछ।

    images
    images

    प्रकाशित :फाल्गुण २३, २०७८ सोमवार - ०९:५४:५१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij