काठमाडौं - कोरोना भाइरसको महामारी र लकडाउनबाट थला परेको नेपाली अर्थतन्त्र सत्तारुढ दल नेकपाको आन्तरिक कलह र बन्द हड्तालको मारमा परेको छ।
सत्तारुढ दलको आपसी खिचातानीबाटको अर्थतन्त्र र दैनिक काम गरी खाने बर्ग मारमा परेका छन्। आर्थिक क्षेत्रका जानकारहरुले नेपाल बन्द तथा आम हड्तालबाट दैनिक करीव सांढे २ अर्ब भन्दा बढी नोक्सानी हुने बताउँछन्।
पटक पटक राजनीतिक अस्थिरता र बन्द हड्ताल खेप्दै आएको नेपालको अर्थतन्त्र र दैनिक ब्यवसाय तथा काम गरी खाने श्रर्मिक मजदुर बर्ग प्रभावित परेको छन।
सत्तारुढ दल नेकपा भित्र प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको अर्को पक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहको आन्तरिक बिबाद र कलहबाट मुलुकको अर्थतन्त्र र रोजगारी प्रभावित बन्न थालेको छ। नेपाल राष्ट्र बैंकले केही बर्ष अघि गरेको अध्ययन अनुुसार पनि आमहड्ताल तथा बन्दको कारण दैनिक २ अर्ब भन्दा बढीको नोक्सानी हुने गर्छ।
अर्थबिद्हरुले बन्द आमहड्तालबाट दैनिक करीव २ अर्ब ५० करोड बराबरको नोक्सानी हुने बताएका छन्। नेपालको कूल गार्हस्थ उत्पादन जीडीपी करीव ३७ सय अर्ब बराबरको रहेको छ।
नपाल बन्द तथा आमहड्तालको कारण दूध तथा डेरी उद्योगको उत्पादन, अण्डा, माछा मासु, तरकारी, फलफूलका बिक्री बितरण प्रभावित हुन्छ। उद्योग, ब्यवसाय, ब्यापार र लगानी क्षेत्र प्रभावित हुदाँ श्रर्मिक मजदुरको रोजगारी पनि प्रभावित हुन्छ। बन्द तथा आमहड्तालले उपभोग्य बस्तु तथा सेवाको मूल्य बृद्धि हुने अथशास्त्रीहरुको भनाइ छ।