• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा नौ योजना संशोधन गर्दै रकमान्तर

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा नौ योजना संशोधन गर्दै रकमान्तर

images

प्रभाव न्यूज

९ फाल्गुण २०७८
  • 11.9K
    SHARES
  • images
    दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा नौ योजना संशोधन गर्दै रकमान्तर
    images
    images
    images

    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले नौ योजनालाई संशोधन गर्दै रकमान्तर गरेको छ। सोमबार सम्पन्न १० औं हिउँदे गाउँसभामार्फत गाउँपालिकाले ३३ लाखको विभिन्न योजनालाई संशोधन गर्दै नयाँ योजनामा रकमान्तर गर्ने निर्णय गरेको हो।

    images

    दिप्रुङ गाउँपालिका–१ याम्खास्थित साना जुत्ता तथा चप्पल उद्योगका लागि विनियोजित ३ लाखमध्ये चुलिपहरा याम्खा सडक योजनाका लागि २ लाख ५० हजार र देउराली राईटोल हुँदै इश्वर विष्टको घरसम्म सडक निर्माणका लागि ५० हजार विनियोजन गरिएको गाउँसभा सदस्य अमृत गिरीले जानकारी दिए।

    यस्तै, दिप्रुङ गाउँपालिका–२ डाँडागाउँस्थित वासमाला कोप्चे खानेपानी योजनाका लागि विनियोजन गरिएको २ लाख बजेटमध्ये नाली भीमसेनथान मन्दिर निर्माणमा १ लाख, बोडिङ मुहान भइ ओख्रेबजार खानेपानी योजनाका लागि ५० हजार र वारङ खानेपानी योजनाका लागि ५० हजार विनियोजन गरिएको छ।

    गाउँसभाले डाँडागाउँकै गेरीबारी खानेपानी योजनाका लागि विनियोजन गरिएको १ लाख ५० हजारको सट्टा मझौं सडक सोलिङ तथा वाल निर्माणको काम गर्ने निर्णय गरेको छ।

    images

    डाँडागाउँस्थित नालिटार खानेपानी योजनाका लागि विनियोजित २ लाखबाट पञ्चकन्य आधारभुत विद्यालय शौचालय निर्माणका लागि १ लाख ५० हजार र नालीडाँडा घर धारा मर्मतका लागि ५० हजार खर्च गरिने भएको छ।

    images

    यस्तै, दिप्रुङ गाउँपालिका–३ छोरम्बुस्थित खरुवा खोला रोभोलुङ राजकुलोका लागि विनियोजन गरिएको १५ लाखमध्ये सिस्ने खानेपानी मर्मत रोभोलुङका लागि ५ लाख, रोभोलुङ आहालडाँडा रातमाटा सडकका लागि ५ लाख, बुल्कुखोला मुहान भइ वारिपुच्छरसम्म आउने कुलोका लागि १ लाख, कोटालेडाँडा जाने सडकका लागि २ लाख र याङसोला वरडाँडा सडकका लागि २ लाख विनियोजन गरिएको छ।

    छोरम्बुकै एकछाँगे कुलो मर्मतका लागि बिनियोजन गरिएको ४ लाखले सापातेल खेलमैदान प्याराफिट निर्माणको काम गर्ने निर्णय गरिएको गाउँसभा सदस्य गिरीले बताए।

    दिप्रुङ गाउँपालिका–४ बतासेस्थित बालाचौंर खानेपानी योजनाका लागि विनियोजन गरिएको २ लाख र पिपलकुवा मर्मतका लागि विनियोजन गरिएको १ लाखबाट बाचाचौंर खाल्ले सडक निर्माण गरिने भएको छ।

    गाउँपालिका–५ सछितापोखरीस्थित दाहाल प्रतिष्ठान कुलपुजा मन्दिर निर्माणका लागि विनियोजन गरिएको ३ दाखबाट दाहाल प्रतिष्ठानमा वाल निर्माण गर्नेगरी रकमान्तर गरिएको गाउँपालिकाले जनाएको छ ।

    गत आर्थिक वर्ष खर्च हुन नसकेर सञ्चित कोषमा जम्मा भएका ४९ लाख बजेट २५ वटा नयाँ योजनामा विनियोजन गरिएको छ। दुई विधेयक स्वीकृत गाउँसभाले भूमी ऐन र वन ऐन विधेयक स्वीकृत गरेको छ।

    गाउँसभा सदस्य गिरीले प्रस्तुत गरेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको भूमी तथा वन व्यवस्थापन सम्वन्धमा बनेको विधयेक स्वीकृत गरेको हो।

    images
    images

    प्रकाशित :फाल्गुण ९, २०७८ सोमवार - २१:१७:०९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij