• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङका यी स्थानीय तहले गरे सेवा बन्द

खोटाङका यी स्थानीय तहले गरे सेवा बन्द

images

प्रभाव न्यूज

१२ माघ २०७८
  • 9.0K
    SHARES
  • images
    खोटाङका यी स्थानीय तहले गरे सेवा बन्द
    images
    images
    images

    खोटाङ -  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको छ। नगर कार्यपालिका तथा मातहतका कार्यलयहरुमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि ६ दिनका लागि नगरपालिकाको अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको हो।

    images

    कोभिड -१९ को रोकथाम तथा नियन्त्रण गर्न र थप फैलिन नदिनका लागि माघ १३ गतेदेखि माघ १९ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको नगरपालिकाले बुधबार सूचना जारी गरेर जानकारी दिएको छ।

    यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि माघ १० गतेदेखि १५ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अन्य नियमित सेवाहरु स्थगित गरिएको छ।

    रावाबेंशी गाउँपालिकामा पनि कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि माघ ११ गतेदेखि १७ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द गरिएको छ।

    images

    कोरोना संक्रमित दैनिक बढे पनि स्वास्थ्य सर्तकतामा भने आम नागरिकले ध्यान दिएका छैेनन्

    images

    images
    images

    प्रकाशित :माघ १२, २०७८ बुधवार - १९:२४:१३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij