श्रीमती साटेफेर गर्ने गिरोह पक्राउ परेको छ । श्रीमती साटासाट गर्ने र्याकेटको प्रहरीले पर्दाफास गरेको हो ।
भारत, केरलामा प्रहरीले एकपछि अर्को गरी कैयौंलाई पक्राउ गरेपछि यो पूरै र्याकेटको पर्दाफास भयो ।
रिपोर्टका अनुसार निकै रोचक तरिकाले यसको पुष्टि भयो । पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि यो कुरा बाहिर आएको हो ।
ति महिलाले आफ्ना श्रीमान र उनका साथीहरूको सबै कार्य प्रहरी अधिकारीलाई बताएकी थिइन् । वास्तवमा यो घटना केरलको कोट्टायमको हो ।
आजतकको एक अनलाइन रिपोर्टका अनुसार आइतबार त्यहाँ कारुकाचलमा सात जनालाई श्रीमती आदानप्रदान गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ परेका सात जनामा प्रहरीमा उजुरी दिएकी महिलाका श्रीमान पनि रहेका छन् ।
समाचार अनुसार यस र्याकेट सञ्चालन गर्न ह्वाट्सएपमा एक समूह बनाइएको थियो । उक्त समूहमा सयौं मानिसहरू थिए । त्यसपछि उक्त समूहमा थप योजना बनाइएको थियो । त्यसमा धेरैको संलग्नता रहेको बताइएको छ । तर अचम्मको कुरा के भने राज्यका उच्च वर्गका कैयौँ व्यक्तिहरु पनि त्यसमा संलग्न छन् ।
उजुरी दिने महिलाका श्रीमानलाई नियन्त्रणमा लिइएको छ । त्यसका पछाडि ठूलो र्याकेट भएको प्रहरीको भनाई रहेको छ । प्रहरी बाँकी अभियुक्तहरूको खोजीमा रहेको छ ।
पक्राउ परेकाहरू केरलाको अलाप्पुझा, कोट्टायम र एर्नाकुलमका बासिन्दा हुन् । हाल पक्राउ परेकाहरुको बयानका आधारमा अन्य अभियुक्तहरुको खोजी भइरहेको छ । २५ जनाभन्दा बढी प्रहरी निगरानीमा रहेका छन् ।
उनीहरुलाई पक्राउ गरेपछि मात्रै प्रहरीले श्रीमती आदानप्रदान र्याकेटको बारेमा थाहा पाएको थियो । यो घटना सार्वजनिक भएपछि प्रहरी अधिकारीहरू आश्चर्यमा परेका छन् ।