• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


३५ हजारको निम्ति जसले आफ्नै बहिनीसँग लगनगाँठो कसे !

३५ हजारको निम्ति जसले आफ्नै बहिनीसँग लगनगाँठो कसे !

images

प्रभाव न्यूज

१६ पौष २०७८
  • 11.9K
    SHARES
  • images
    ३५ हजारको निम्ति जसले आफ्नै बहिनीसँग लगनगाँठो कसे !
    images
    images
    images

    मानिसले पैसाको लागि केसम्म गर्छन भन्ने उदाहरण भारतमा सहोदर दाजु र बहिनीले दिएका छन् ।

    images

    उत्तरप्रदेशका एक युवकले पैसाको निम्ति आफ्नै बहिनीसँग विवाह गरेको रहस्य खुलेको छ ।

    मुख्यमन्त्री सामूहिक विवाह योजना कार्यक्रमबाट रकमसहित अन्य सुविधा पाउन फिरोजवादका एक उनले बहिनीसँग विवाह गरेका हुन् ।

    राज्य सरकारको सामाजिक कल्याण विभागअन्तर्गत सामूहिक विवाह गर्ने हरेक जोडीलाई सरकारले नगद र अन्य घरायसी उपहार प्रदान गर्दै आएको छ ।

    images

    कार्यक्रमअन्तर्गत सरकारले २५ हजार भारतीय रुपैयाँ बेहुलाको बैंक खातामा जम्मा गरिदिने र १० हजार भारु बराबरको उपहार दिने गरेको बताइन्छ । त्यही लोभमा दाजु र बहिनीले विवाह गरेको यथार्थ खुलेको हो ।

    images

    उक्त विवाह ११ डिसेम्बरमा फिरोजवादको टुंड्ला गाउँमा भएको थियो । केही दिनपछि गाउँलेले विवाह गर्ने एउटा जोडी सहोदर दाजु र बहिनी भएको पत्ता लगाएका हुन् । एउटा सरकारी कार्यालयको परिसरमा आयोजना गरिएको उक्त विवाहमा ५१ जोडी बन्धनमा बाँधिएका थिए ।

    गैरकानुनी ढंगले अनुचित लाभ लिने उद्देश्यले विवाह गर्ने जोडीविरुद्ध मुद्दा दायर भएको छ ।

    यसैबीच बेहुलाको आधार कार्डबारे छानबिन समेत सुरु भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

    images
    images

    प्रकाशित :पौष १६, २०७८ शुक्रवार - २२:०८:४६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij