• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


पाँचथरमा विभिन्न मुद्दाका पाँच फरार अभियुक्त पक्राउ

पाँचथरमा विभिन्न मुद्दाका पाँच फरार अभियुक्त पक्राउ

images

प्रभाव न्यूज

२९ पौष २०७७
  • 13.1K
    SHARES
  • images
    पाँचथरमा विभिन्न मुद्दाका पाँच फरार अभियुक्त पक्राउ
    images
    images
    images

    पाँचथरमा प्रहरीले विभिन्न मुद्दाका पाँच फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार विभिन्न मितिमा अदालतबाट भएका फैसलामा दोषी ठहर भई फरार रहेका उनीहरुलाई पछिल्ला केही दिनमा पक्राउ गरिएको हो । प्रहरीले बाल यौन दुराचारको अभियोगमा पाँच वर्ष पाँच महिना १५ दिन कैद सजाय तोकिएका एक अभियुक्तलाई ताप्लेजुङको तेल्लोकबाट पक्राउ गरेको छ ।

    विसं २०७४ असार १ गते पाँचथरको हिलिहाङ गाउँपालिका–४ की आठ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोग लागेका ती अभियुक्तलाई इलाका प्रहरी कार्यालय तेल्लोक ताप्लेजुङको सहयोगमा पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ । उनलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको र नाम सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

    यस्तै सवारी ज्यान मुद्दामा एक वर्ष ११ महिना १५ दिन कैद र रु चार हजार जरिवाना तोकिएका जिल्लाको फाल्गुनन्द गाउँपालिका–५ का नेत्रसिं दमाईलाई समेत पक्राउ गरेको छ । उनीमाथि ट्र्याक्टरले ठक्कर दिई वृद्धलाई गम्भीर घाइते बनाएको र घाइतेको उपचारका क्रममा मृत्यु भएको अभियोग लागेको छ ।

    यस्तै प्रहरीले बहुविवाह मुद्दामा एक वर्ष कैद सजाय तोकिएका जिल्लाको फिदिम नगरपालिका–९ का थिरमाया थेगिम, कुटपिट मुद्दामा तीन महिना कैद सजाय तोकिएका फिदिम–५ का धनसिंह भनिने चन्द्रकुमार राई र चोरी मुद्दामा तीन दिन कैद सजाय तोकिएका जिल्लाको कुम्मायक गाउँपालिका–५ का उत्तम भण्डारीलाई समेत पक्राउ गरेको जनाएको छ ।


    images

    images
    images

    प्रकाशित :पौष २९, २०७७ बुधवार - १६:०९:०७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij