• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


दशैं तिहारको अवशरमा च्यास्मीटारमा भलिवल प्रतियोगिता

दशैं तिहारको अवशरमा च्यास्मीटारमा भलिवल प्रतियोगिता

images

प्रभाव न्यूज

२७ आश्विन २०७८
  • 15.8K
    SHARES
  • images
    दशैं तिहारको अवशरमा च्यास्मीटारमा भलिवल प्रतियोगिता
    images
    images
    images

    असोज २७, खोटाङ - दशैं तथा तिहारको अवशरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा टोल स्तरिय पुरुष भलिवल प्रतियोगीता आयोजना गरिएको छ । नेपाली कांग्रेसका युवा नेता एवं सर्वज्ञ रियल स्टेटका सिइओ उपेन्द्र घिमिरेको प्रायोजनमा नेपाली कांग्रेस हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार वडा कार्य समितिले भलिबल प्रतियोगीता आयोजना गरेको हो । च्यास्मीटार माबिको प्रांगणमा २५ असोजदेखि २७ असोजसम्म आयोजना गरिएको टोल स्तरिय पुरुष भलिवल प्रतियोगीतामा च्यास्मीटार हुन्डाखा (बी) प्रथम, सार्पा दोश्रो, तल्लो छोर्दिपा तेश्रो र बाङमा (ए) शान्त्वना भएको आयोजक नेपाली कांग्रेस हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार वडा कार्य समितिका सभापति महेश अधिकारीले बताए । विजेता समुहलाई क्रमशः १५ हजार १५, १३ हजार १३, १० हजार १० र ५ हजार ५ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ । प्रतियोगीतामा उत्कृष्ट खेलाडीको उपाधि गैरा जोरसिमलका ज्योती राई, बेष्ट स्पाइकरको उपाधि हुन्डाखाका दिनेश राउत र बेष्ट लिफ्टरको उपाधि सार्पाका जापान राईले जितेका छन् । प्रोत्साहित खेलाडीको उपाधि हुन्डाखाका केदार अधिकारीलाई प्रदान गरिएको आयोजकले जनाएको छ । उनीहरुलाई मेडलका साथमा प्रमाण–पत्र प्रदान गरिएको छ । विजेता टिम तथा खेलाडीलाई सर्वज्ञ रियल स्टेटका सिइओ एवं कांग्रेसका युवा नेता घिमिरे, घिमिरे पत्नी रुकमणी मगर घिमिरे, कांग्रेस वडा कार्य समितिका सभापति अधिकारी, अध्यापक एवं शिक्षासेवी शैलेसकिरण चाम्लिङ लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतियोगीतामा वडाका १८ टिमको सहभागीता रहेको थियो । पुरस्कार वितरण कार्यक्रममा सर्वज्ञ रियल स्टेटका सिइओ रहेका कांग्रेसका युवा नेता घिमिरेले साविक ९ वडालाई एक/एक थान भलिबल प्रदान गरेका छन् । च्यास्मीटारमा दशैं तथा तिहारको अवशरमा हरेक वर्ष भलिबल प्रतियोगीता सञ्चालन गर्ने गरिएको छ ।

    images

    images
    images

    प्रकाशित :आश्विन २७, २०७८ बुधवार - २२:१४:४९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij