• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


मन्त्री शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएपछि ....

मन्त्री शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएपछि ....

images

प्रभाव न्यूज

७ भाद्र २०७८
  • 54.3K
    SHARES
  • images
    मन्त्री शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएपछि ....
    images
    images
    images

    भदौ ७, सुर्खेत -  कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ।

    images

    केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए। ‘आफूमाथि बलात्कार भएको भन्दै एक महिला र उनका पति प्रहरी कार्यालयमा आउनुभएको थियो, भिडियो पनि देखाउनुभएको थियो,’ प्रहरीका अनुसन्धान अधिकारीले भने, ‘उहाँहरूले भनेअनुसार मुद्दा दर्ता गर्ने हदम्याद कटिसकेकाले कानुन व्यवसायीसँग छलफल गरेर आउन सुझाव दिएर पठाएका हौं।’

    भिडियोमा पीडित भनिएकी महिला कोठाभित्रै देखिन्छिन्। बाहिरबाट ढोका ढक्ढकाएको आवाज सुनिन्छ। महिलाले ढोका खोल्छिन्। भित्र पसेर खाटमा बस्नेबित्तिकै मन्त्री शाहीले उनलाई अँगालोमा बेर्छन्।

    त्यसपछि महिला रोएको देखिन्छ। मन्त्री शाही महिलालाई सम्झाउन खोजिरहेको अवस्थामा देखिन्छन्। प्रहरीको सम्पर्कमा पुगेका पीडितले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन्।

    images

    जति बेला शाही प्रदेश सांसदमात्रै थिए। प्रहरीसम्म यो घटना ढिलो गरी पुग्नुमा पीडितले तत्कालीन सांसद एवं हालका मन्त्री शाहीसँग ‘रकमको बार्गेनिङ’ गरेको अनुमान गरिएको छ।

    images

    रकममा कुरा नमिलेपछि बल्ल प्रहरीमा पुगेको आशंका छ। प्रहरीले कानुन व्यवसायीसँग छलफल गरी आउन भनेका पीडित महिलाका पति गत शुक्रबार मध्यरातमा भेरी पुलमा कुटिएको घटनाबाट प्रहरी गम्भीर बनेको छ।

    पीडित महिलाका अनुसार उनका पतिलाई मन्त्रीका स्वकीय सचिव प्रेम बुढाले छलफलका लागि भन्दै राति ९ बजेतिर गाडीमा राखेर लगेका थिए। उनीहरू छिन्चु बजार पुगेर एक होटलमा मदिरापानसहित छलफलमा जुटेका थिए।

    त्यहाँ लेनदेनको विषय नमिलेपछि उनीहरू वीरेन्द्रनगर फर्किएका थिए। वीरेन्द्रनगर फर्किनेक्रममा बुढा र मन्त्री शाहीका भाइले पीडित महिलाका पतिलाई राति साढे १२ बजेतिर कुटपिट गरेका थिए। प्रहरीले साढे १ बजेतिर युवकको उद्धार गरेको थियो। - नागरिक दैनिकबाट

    images
    images

    प्रकाशित :भाद्र ७, २०७८ सोमवार - १०:४५:३२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij