• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


मुख्यमन्त्री कार्यालय बन्यो डान्सबार, महिलाहरुले गरे यस्तो सम्म हर्कद

मुख्यमन्त्री कार्यालय बन्यो डान्सबार, महिलाहरुले गरे यस्तो सम्म हर्कद

images

प्रभाव न्यूज

३१ श्रावण २०७८
  • 42.6K
    SHARES
  • images
    मुख्यमन्त्री कार्यालय बन्यो डान्सबार, महिलाहरुले गरे यस्तो सम्म हर्कद
    images
    images
    images

    साउन ३१, बुटवल - लुम्विनी प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बनेसँगै मुख्यमन्त्री कार्यालय डान्सबारको रुपमा परिणत भएको छ।

    images

    केसी मुख्यमन्त्री बनेको भोलिपल्टै माओवादीका महिला कार्यकर्ताले सरकारी भवनलाई टिकटक तथा डान्सबार बनाएका हुन्।

    मुख्यमन्त्री कार्यालयको मर्यादा र अनुशासनलाई मिचेर टिकटक बनाउँदै नाच्दै गरेर मोजमस्तीको अवस्थामा महिला नेतृहरु भेटिएका छन्।

    मुख्यमन्त्री कार्यालय गएका माओवादी कार्यकर्ताले मुख्यमन्त्री कार्यालयका निजी सचिवको कार्यकक्षमै टिकटक बनाउदै नाचगान गरेको भिडिओ अहिले सामाजिक संजालमा भइरल बनेको छ।

    images

    ‘बगेको नदी सुकेको कहाँ छ र, जनयुद्व हाम्रो रोकेको कहां छ र’ बोलको गीतमा महिला नेतृ शान्ति बराल नाँचेर टिकटक बनाइरहेकी छन्।

    images

    उनी सारी सर्काउँदै, कम्मर मर्काउँदै ठुम्का लगाइरहेकी छन्।

    उनी नाच्दा कार्यालयमा रहेका अरु कार्यकर्ताहरुले मुट्ठी उठाएर साथ दिइरहेको भिडियोमा देखिन्छ।

    अन्य कार्यकर्ता हेरेर हाँसिरहेका छन्। सबै मस्तीको मुडमा देखिन्छन्। भिडियोको पृष्ठभूमिमा लुम्बिनी प्रदेश सरकार लेखिएको देखिन्छ।

    बरालले शेयर गरेपछि सामाजिक सञ्जालमा यो भिडियो भाइरल हो।

    images
    images

    प्रकाशित :श्रावण ३१, २०७८ आइतवार - ०९:४७:१६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij