• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


घरबाट भागेर निस्केका देवर-भाउजूको मृत्यु, रहष्य यस्तो छ

घरबाट भागेर निस्केका देवर-भाउजूको मृत्यु, रहष्य यस्तो छ

images

प्रभाव न्यूज

११ माघ २०७७
  • 15.5K
    SHARES
  • images
    घरबाट भागेर निस्केका देवर-भाउजूको मृत्यु, रहष्य यस्तो छ
    images
    images
    images

    घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका-८ का देवर-भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ।

    images

    दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए।

    जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर–भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने आकलन गरिएको छ।

    “भाउजूको हिजो बेलुकी ५ः१५ बजे र देवरको राति ११ः३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भयो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “घटनाबारे विस्तृतमा अनुसन्धान हुदैछ ।”

    images

    देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे समेत खुल्नसकेको छैन । “उपचारमा रहेका कोलीले भाउजूले के को पात दिईन, खाँदा बिरामी परेँ भन्थे”, थापाले भने, “उनीहरु होटल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ ।”

    images

    प्रहरीका अनुसार दुबैको शव महाकाली अस्पतालमा राखिएको छ । प्रहरीले शव परीक्षणपछि मृत्युको कारण खुल्न सक्ने जनाएको छ ।

    images
    images

    प्रकाशित :माघ ११, २०७७ आइतवार - १३:१६:२३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij