• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङका ८३३७ लाभग्राहीले तेश्रो किस्ता बुझे

खोटाङका ८३३७ लाभग्राहीले तेश्रो किस्ता बुझे

images

प्रभाव न्यूज

२५ आषाढ २०७८
  • 16.6K
    SHARES
  • images
    खोटाङका ८३३७ लाभग्राहीले तेश्रो किस्ता बुझे
    images
    images
    images

    असार २५, खोटाङ  - छ वर्ष अघिको भूकम्पका कारण घर बिहिन बनेका खोटाङका साँढे ८ हजारभन्दा बढि लाभग्राहीले तेश्रो किस्ता वापतको अनुदान बुझेका छन्।

    images

    पुःननिर्माणतर्फ ९ हजार ३१० र प्रवलीकरणतर्फ ९७१ गरी १० हजार २८१ लाभग्राही पहिचान गरिएको जिल्लामा ८ हजार ३३७ (८५.९५ प्रतिशत) लाभग्राहीले निजी आवास अनुदान वापत तेश्रो किस्ता बुझेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालय खोटाङले जनाएको छ।

    राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालयले बिहिबार दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रीय कार्यक्रममा हालसम्ममा पुःननिर्माणतर्फ ९ हजार ६८ र प्रवलीकरणतर्फ ७८५ गरी ९ हजार ८५३ लाभग्राहीसँग सम्झौता गरिएकामा जिल्लामा हालसम्म पुःननिर्माणतर्फ ९ हजार ४७ (९१.८१ प्रतिशत) लाभग्राहीले दोश्रो किस्ता बुझेको जानकारी दिइएको छ।

    यस्तै, पुःननिर्माणतर्फ ९ हजार ६८ घर र प्रवलीकरणतर्फ ७८५ गरी ९ हजार ८५३ (९५.८३ प्रतिशत) लाभग्राहीले पहिलो किस्ता बुझेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार खोटाङका नासु एबं सूचना अधिकारी मणिराम ढकालले जानकारी दिए। २०७२ साल बैसाख १२ गते गएको भूकम्पपछिको पुःननिर्माणकाक्रममा २४२ लाभग्राहीले पहिलो किस्ता, ६५२ लाभग्राहीले दोश्रो किस्ता र ७१० लाभग्राहीले तेश्रो किस्ता लिएका छैनन्।

    images

    कुल लाभग्राहीमध्ये पुःननिर्माणतर्फ २४२ र प्रवलीकरणतर्फ १८६ लाभग्राहीले हालसम्म सम्झौता नै नगरेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार खोटाङका नासु एवं सूचना अधिकारी ढकालले जानकारी दिए। निजी आवास पुःननिर्माणकाक्रममा खोटाङमा एक जना लाभग्राहीले पहिलो किस्ता वापतको ५० हजार अनुदान फिर्ता गरेका छन्।

    images

    यस्तै दोहोरो भुक्तानी लिएका ३ जना लाभग्राहीले १ लाख ५० हजार फिर्ता गरेको छन् । प्राधिकरणका अनुसार डमी खातामा आवास अनुदान जम्मा गरिदिए पनि लामो समयसम्म निकासा नलिएका १५३ लाभग्राहीमध्ये ११५ लाभग्राहीको ६० लाख अनुदान फिर्ता गरिएको छ। यस्तै, पुरानो प्रावधान अनुसार प्राधिकरणबाट १७ र हालको प्रावधान अनुसार ५१३ लाभग्राहीलाई प्रवलीकरणबाट पुःननिर्माण लाभग्राहीमा परिवर्तन गरिएको छ।

    यस्तै, भूमिहिन लाभग्राही ५ जनामध्ये ४ लाभग्राहीलाई जग्गा खरिदका लागि २-२ लाख प्रदान गरिएको र जोखिम बर्गका ३९ लाभग्राहीमध्ये ३७ लाभग्राहीसँग सम्झौता भइसकेको जनाइएकोछ ।

    कार्यक्रममा राष्ट्रिय पुःननिर्माण प्राधिकरणको अनुदानमा कालोपत्रेका काम भइरहेको दिक्तेल–खानीडाँडा–आहाले सडकको प्रगतीका विषयमा जानकारी दिइएको छ। थप भएको म्याद गत बैसाख २९ गते सकिएको सडकको हालसम्म ६० प्रतिशत प्रगती भएको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालय खोटाङका प्रमुख घनश्याम उपाध्ययले बताए।

    पुःननिर्माण अन्तरगत हाल जिल्लामा तीन वटा गुम्बा पुःननिर्माणको चरणमा रहेको प्राधिकरणले जनाएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढेस्थित थेकछोक मेन्ट्रोल सामाताङ छोलिङ गुम्बा र ऐसेलुखर्कस्थित बुद्ध छोलिङ गुम्बा निर्माणका लागि सम्झौता भइसकेको तथा एक वटा गुम्बा टेण्डरको प्रकृयामा रहेको प्राधिकरणले जनाएको छ।

    images
    images

    प्रकाशित :आषाढ २५, २०७८ शुक्रवार - ०९:३८:२०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij