असार २०, खोटाङ - जिल्लाको मनमाया राई खानीडाँडा विमानस्थल र थामखर्क विमानस्थमा नियमित उडान हुने भएको छ।
नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको तालिका अनुसार खानीडाँडामा हप्ताको मंगलबार र शुक्रबार तथा थामखर्क विमानस्थलमा बुधबार र शनिबार उडान हुने भएको हो।
कोरोना भाइरसको संक्रमणका कारण सरकारले गत बैशाखदेखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै जिल्लाका विमानस्थलमा उडान ठप्प भएको थियो। जिल्लाका विमानस्थलमा करीव तीन महिनापछि अव नियमित उडान हुन लागेको हो।
तीन विमानस्थल रहेको जिल्लामा खानीडाँडा विमानस्थल सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक रहेको छ भने थामखर्क विमानस्थल दक्षिणी क्षेत्रमा र लामीडाँडा विमानस्थल पश्चिमी क्षेत्रमा रहेको छ।
निगमले लामीडाँडा विमानस्थलमा उडान राख्ने बारे तालिका सार्वजनिक गरेको छैन।
निगमले सार्वजनिक गरेको तालिका हेर्नुहोस ।
