खोटाङ- ग्लोबल आइएमइ बैंक दिक्तेलले सामाजिक सुरक्षा भत्ता वितरणका लागि खाता खोल्ने सुविधा प्रदान गरेको छ।
बैंकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका बिच सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणाली मार्फत बितरणका लागी गरेको सम्झौता अनुसार वडा नम्बर-१२ जालपाका लाभग्राहीलाई खाता खोल्ने सुविधा प्रदान गरेको बैंकका कर्मचारी युवराज खत्रीले जानकारी दिए।
उक्त वडाबाट २५७ जना स्थानीले सेवा लिने अनुमान गरिएको छ।