• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


हलेसीको माछापुछ्रे बैंकमा सेवा भन्दा सास्ती धेरै

हलेसीको माछापुछ्रे बैंकमा सेवा भन्दा सास्ती धेरै

images

प्रभाव न्यूज

१६ आषाढ २०७८
  • 19.9K
    SHARES
  • images
    हलेसीको माछापुछ्रे बैंकमा सेवा भन्दा सास्ती धेरै
    images
    images
    images

    राजकुमार भट्टराई (सरगम) । असार १६, खोटाङ-  जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकमा लगाइदिएपछि अर्खौले गुप्तेश्वरकी दृष्टि विहीन ६८ वर्षिया एक बृद्ध महिला भत्ता झिक्न खुशी हुँदै बैंक पुग्छिन्।

    images

    टेम्पो चढेर हलेसीमा रहेको माछापुछ्रे बैंकमा पुगेकी उनी हिड्न नसक्ने दृष्टि बिहिन हुन। उनी टेम्पो चड्नु रहर हैन बाध्यता हो। उनकोे घरबाट हलेसी बजार सम्म टेम्पोमा आवतजावत गर्दा बढीमा १ हजार भाडा लाग्छ।

    तर हलेसी बजार स्थित माछापुछ्रे बैंकको शाखा कार्यालयका कर्मचारीको ढिलासुस्ती र मनोमानीले गर्दा उनले भत्ता झिक्न कयौँ पटक ओहोरदोहोर गर्नुपर्‍यो। यसरी बैंकको कर्मचारीको बिभिन्न बहानाकोे कारण भाडामा मात्र ५ हजार रकम सकिएको उनको गुनासो छ।

    माछापुछ्रे बैंकले हलेसीबाट सेवा दिन थालेको करीब ३ बर्ष भैसकेको छ। सुरुवाती दिनहरुमा बैंकले सेवा राम्रो दिएको कारण सबैले अरु बैंक छोडेर सोही बैंकमा खाता खोल्ने लगायतका कारोवार गर्न थाले।

    images

    तर बिस्तारै बैंकको सेवा कछुवाको गतीमा गएपछि आफुहरुलाई निल्नु न ओकल्नु भएको सेवाग्राहीको भनाई छ। केही समय अगाडि बिमला चाम्लिङलाई पैसाको आवश्यकता परेपछि उनको आफन्तले बिदेशबाट माछापुछ्रे बैंकमा पैसा पठाई दिए। राईलाई उक्त पैसा निकाल्न एक साता भन्दा बढी समय लाग्यो। भिडभाड नहुँदा पनि सानो कामको लागि  घण्टौं उभिनु परेको उनको आक्रोस छ।

    images

    यता, दुर्छिमका खिल बहादुर मल्ल ठकुरीको ९० बर्षिया आमाको बृद्धा भत्ता लिन एक साता सम्म बैंक धाउनुपर्यो। तर उनको भत्ता झिक्न नपाउदै मृत्यु भयो। नगरपालिकाले सञ्चालन गरेको बिभिन्न योजनाको लागि खाता खोल्ने कार्य पनि सोहि बैंकमा हुने गरेको छ। तर बैंकको लापरवाहीका कारण कयौँ दिन धाउन बाध्य भएको नगरपालिका अन्तरगतका उपभोक्ता समितीहरुको गुनासो छ।

    बैंकमा रकम जम्मा गर्न जानेहरुको पालो सुरुमै आइहाल्छ। तर, रकम झिक्न जानेहरुले भने दिनै माया मार्नु पर्ने बाध्यता छ। केही रकम आवश्यक परेको कारण सोहि बैंकको आफ्नै खातामा रहेको रकम झिक्न दुर्छिमका हरी राई ३ दिन सम्म बैंक धाउँदा पनि तपाईंको पालो आएको छैन भनेर बैंकका कर्मचारीले भनेपछि उनी अहिले जानै छोडेको बताउँछन्।

    बैंकको सेवाले सर्वसाधारणको मात्र होइन कर्मचारी देखि जनप्रतिनिधिलाई सम्म वाक्क बनाएको छ। हलेसी तुवाचुङ नगरपालिका स्वास्थ्य शाखाका सह संयोजक प्रकाश घिमिरे र नगरपालिका वडा नम्बर ३ च्यास्मीटारका वडाध्यक्ष भलराज राईले पनि बैंकले दिने सेवा सुधार्नुपर्ने बताए। यता बैंकका ब्राञ्च म्यानेजर चिरञ्जिबी थापा भने सामाजिक सुरक्षा भत्ता बितरणमा नगरपालिकाले दिएको डाटा नमिलेको भन्दै पन्छिएका छन्।

    कुनै समय सिस्टममा समस्या हुँदा पनि सेवा प्रवाहमा समस्या भएको हुन सक्ने उनको भनाई छ। सेवाग्राहीले गरेको गुनासोलाई उनले अस्विकार गरेका छन्। माछापुछ्रे बैंकले राम्रो सेवा दिन नसकेको भन्दै सेवाग्राही आक्रोशित भइरहँदा बैंकले हलेसी तुवाचुङ नगरपालिकाको हरेक वडामा शाखा कार्यालय स्थापना गरिरहेको छ।

    उक्त वडामा रहेका कार्यालयबाट भने आजसम्म कुनै काम नभएको स्थानीयको भनाई छ । बैंकको शाखा कार्यालय हलेसीको सेवा कछुवा गतीमा हुँदा यहाँका नागरिकले सास्ती खेप्नु परेको त छदैँछ बैंकले समयमा काम नगरिदिँदा सेवाग्राहीलाई सास्ती भएको छ।

    images
    images

    प्रकाशित :आषाढ १६, २०७८ बुधवार - २०:३६:३०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij