• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


जन्तेढुंगा गाउँपालिकाले ल्यायो ३९ करोड ९९ लाख बजेट

जन्तेढुंगा गाउँपालिकाले ल्यायो ३९ करोड ९९ लाख बजेट

images

प्रभाव न्यूज

१० आषाढ २०७८
  • 24.5K
    SHARES
  • images
    जन्तेढुंगा गाउँपालिकाले ल्यायो ३९ करोड ९९ लाख बजेट
    images
    images
    images

    असार १०, खोटाङ -  खोटाङको जन्तेढुंगा गाउँपालिकाले ३९ करोड ९९ लाख ९३ हजार २७० रुपैयाँ बराबरको बजेट ल्याएको छ।

    images

    जन्तेढुंगा गाउँपालिकाले संघीय सरकारबाट प्राप्त ३७ करोड ६५ लाख १३ हजार, प्रदेश सरकारबाट २ करोड १४ लाख ८० हजार २७० र आन्तरिक श्रोतको २० लाखबाट आगामी आर्थिक वर्षका लागि बजेट तयार पारेको हो।

    बुधबार उद्घाटन गरिएको गाउँसभाले सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान बाहेकबाट चालु खर्चतर्फ ६ करोड ४९ लाख ३२ हजार ४७० विनियोजन गरेपछि बाँकी गरेको बजेटबाट योजना तथा कार्यक्रमका लागि रकम विनियोजन गरेको हो।

    गाउँसभाले गाउँपालिका स्तरिय योजनाका लागि ६ करोड ५ लाख ९८ हजार (६९ प्रतिशत) र वडाका लागि २ करोड ७० लाख विनियोजन गरेको जन्तेढुंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जानकारी दिए।

    images

    जन्तेढुंगाले पुर्वाधार बिकासतर्फ १ करोड ९७ लाख २ हजार, विद्युत विस्तारतर्फ २२ लाख, शिक्षातर्फ ३१ लदाख ५० हजार, कृषि तथा पशुतर्फ ५४ लाख ५० हजार, न्यायिक समिततर्फ २ लाख, उपाध्यक्षसँग महिला कार्यक्रमतर्फ २२ लाख, विपद व्यवस्थापनका लागि १६ लाख लगायतका बजेट विनियोजन गरेको छ।

    images

    गाउँसभामा गाउँपालिका अध्यक्ष शंखर राईले नीति तथा कार्यक्रम र उपाध्यक्ष विमला राईले बजेट पेश गरेका थिए। जिल्लाका अन्य स्थानीय तहले पनि आज गाउँ तथा नगरसभा गरिरहेका छन्। कोभिड–१९ को महामारीका कारण केपिलासगढी गाउँपालिकाले भने असार १४ गते गाउँसभा गर्ने तयारी गरेको छ ।

    images
    images

    प्रकाशित :आषाढ १०, २०७८ बिहिवार - १८:२६:४८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij