• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


ट्रम्प र मोदीको भेटवार्ता : व्यापारको विषयमा छलफल

ट्रम्प र मोदीको भेटवार्ता : व्यापारको विषयमा छलफल

images

प्रभाव न्यूज

२ फाल्गुण २०८१
  • 4.7K
    SHARES
  • images
    ट्रम्प र मोदीको भेटवार्ता : व्यापारको विषयमा छलफल
    images
    images
    images

    न्युयोर्क – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन्। व्यापार र अन्य विषयमा छलफल गर्नका लागि राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीले ह्वाइट हाउसमा भेट गरेका हुन्।

    images

    भेटमा दुई देश बिचको व्यापार सुमधुर बनाउन अमेरिकी तेल र ग्यास भारतले आयात गर्ने विषयमा छलफल भएको ट्रम्पले बताएका छन्।


    ट्रम्पले धेरै देशलाई पारस्परिक भन्सार महसुल लगाइरहेको समयमा यो वार्ता भएको हो।


    यसअघि सन् २०१९ मा मोदी भारत भ्रमणमा गएका थिए। सो समयमा उनको स्वागतका लागि भव्य कार्यक्रमको आयोजना गरिएको थियो। सो कार्यक्रमलाई हाउडी मोदीको नाम दिइएको थियो। यसले भारतलाई पनि सुपर पावरको रूपमा स्वीकार गरेको प्रस्ट पारेको थियो।

    images


    अन्तर्राष्ट्रिय डायस्पोरामा मोदीको व्यक्तित्व र उनको उचाइको चर्चा भएको थियो।

    images

    यस ५ वर्षको बिचमा मोदी र ट्रम्पको सम्बन्ध सुमधुर भए पनि अमेरिका र भारतको सम्बन्ध केही जटिल पनि बनेको थियो। गत वर्षको निर्वाचनमा मोदीको लोकप्रियता खस्किएको थियो भने भारतीय अर्थतन्त्रमा पनि केही समस्या आएको जनाइन्छ।

    अन्तर्राष्ट्रिय लगानीकर्ताले भारतीय बजारबाट पैसा झिकेको समय भएकाले अहिले पनि भारतीय अर्थतन्त्रमा केही समस्या छ।

    ५ वर्षको अन्तरालमा यस पृथक् परिवेशमा हुने आटेको वार्तामा मोदीको पहिले चाहना अहिले अमेरिकाले अन्य देशका समानमा लगाएको भन्सार महसुलको जस्तो भारतीय सामानमा थप महसुल नलगाइयोस् भन्ने मोदीको चाहना हो। यस भेटमा प्रविधि, रक्षा र ऊर्जाको विषयमा छलफल हुने जनाइएको छ।

    images
    images

    प्रकाशित :फाल्गुण २, २०८१ शुक्रवार - ०८:१६:४२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij