• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


युरोपेली नेतालाई रूसी तेल खरिद रोक्न र चीनमाथि दबाब बढाउन ट्रम्पको आग्रह

युरोपेली नेतालाई रूसी तेल खरिद रोक्न र चीनमाथि दबाब बढाउन ट्रम्पको आग्रह

images

प्रभाव न्यूज

२० भाद्र २०८२
  • 3.6K
    SHARES
  • images
    युरोपेली नेतालाई रूसी तेल खरिद रोक्न र चीनमाथि दबाब बढाउन ट्रम्पको आग्रह
    images
    images
    images

    काठमाडौं –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार विश्व नेताहरूको बैठकमा युरोपले रुसी तेल खरिद गर्न रोक्नुपर्ने र रूस–युक्रेन युद्धको अन्त्यका लागि चीनमाथि आर्थिक दबाब बढाउनुपर्ने बताएका छन् । 

    images

    अमेरिकी प्रशासनले आफ्ना सहयोगीहरूलाई यो द्वन्द्वलाई रोक्न थप सक्रिय हुन आग्रह गरेको ह्वाइट हाउसका एक अधिकारीले सीएनएनलाई बताएका छन् । 

    ट्रम्पले ‘कोअलिसन अफ द विलिंग’को बैठकमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य युरोपेली नेताहरूसँग बिहीबारको फोनमा यस्तो टिप्पणी गरेका हुन् । यो गठबन्धन रूस–युक्रेन युद्ध अन्त्य गर्ने र भविष्यमा हुने आक्रमणहरूबाट युक्रेनलाई सुरक्षा प्रदान गर्ने प्रयासमा रहेका युक्रेनी सहयोगीहरूको समूह हो ।

    फोन संवादपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले यदि, युद्धविराम सम्झौतालाई अन्तिम रूप नदिइएमा २६ देशले सम्भावित शान्ति सेनामा योगदान दिने वाचा गरेको बताएका छन् । यद्यपि, युरोपेलीहरूको कार्यलाई विश्वसनीयता दिन अमेरिकाको सुरक्षा ग्यारेन्टी मुख्य मानिएको छ ।

    images

    म्याक्रोनले बिहीबार युक्रेनको सैन्य बललाई सुदृढ पार्ने र युक्रेनमा युरोपेली सेना तैनाथ गर्नेलगायत युक्रेनको सुरक्षा ग्यारेन्टीका लागि तेस्रो महत्वपूर्ण पक्ष अमेरिकी सुरक्षा कवच हुनुपर्ने बताएका थिए ।

    images

    फ्रान्सेली राष्ट्रपतिले यी सुरक्षा ग्यारेन्टीका लागि अमेरिकी सहयोगलाई अन्तिम रूप दिने बताए ।

    यी घटनाक्रमले रूस र युक्रेनको द्वन्द्व कति जटिल भएको र ट्रम्पमाथि रुसलाई दण्डित गर्न बढ्दो दबाबलाई प्रतिबिम्बित गर्ने समाचारमा उल्लेख छ । 

    ह्वाइट हाउसका एक अधिकारीले म्याक्रोन र युरोपेली नेताहरूले ट्रम्पलाई गठबन्धनको बैठकमा बोलाएका र ट्रम्पले युरोपले रुसी तेल खरिदकोले युद्धलाई आर्थिक सहयोग गरिरहेको भन्दै रोक्नुपर्नेमा जोड दिएको बताइएको छ । युरोपेली संघबाट इन्धन बिक्रीबाट १.१ बिलियन युरो प्राप्त गरेको बताइएको छ ।

    राष्ट्रपतिले युरोपेली नेताहरूले रूसको युद्धलाई आर्थिक सहयोग गरेकोमा चीनमाथि पनि आर्थिक दबाब बढाउनुपर्नेमा जोड दिएका थिए ।

    ती अधिकारीले यदि, मस्कोसँग कुनै सम्झौता भएमा राष्ट्रपतिले युक्रेनलाई कस्तो सुरक्षा ग्यारेन्टीहरू प्रदान गर्न इच्छुक छन् भन्नेबारे कुनै पनि विषय उल्लेख नगरेको बताइएको छ ।

    जेलेन्स्कीले युक्रेनको हवाई प्रतिरक्षालाई सुदृढ पार्नेबारे छलफल भइरहेको र अधिकारीहरूले नयाँ ढाँचाको बारेमा पनि कुरा गरेको बताए । उनले मस्को र रूससँग व्यापार गर्ने सबै देशहरूमाथि दबाब बढाउन जोड दिएको बताइएको छ ।

    “रूसी अर्थतन्त्र दबाबमा छ र रूससँग व्यापार गर्ने सबै देशहरू दबाबमा छन्,” जेलेन्स्कीले भने, “हामी यसलाई जारी राख्नेछौँ । दोस्रो चरणका प्रतिबन्धहरू र विशेष व्यापार करहरूल सहयोग गर्न सक्छ ।” सीएनएन

    images
    images

    प्रकाशित :भाद्र २०, २०८२ शुक्रवार - ११:१२:३८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij