• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


गुजरातमा पुल भत्किँदा नौ जनाको मृत्यु

गुजरातमा पुल भत्किँदा नौ जनाको मृत्यु

images

प्रभाव न्यूज

२५ आषाढ २०८२
  • 9.9K
    SHARES
  • images
    गुजरातमा पुल भत्किँदा नौ जनाको मृत्यु
    images
    images
    images

    काठमाडौं –भारतको गुजरात राज्यको आनन्द र पाद्रालाई जोड्ने पुलको बीचको भाग भत्किँदा नौ जनाको मृत्यु भएको छ । अन्य नौ जनालाई उद्धार गरिएको गुजरातको बडोदराका प्रहरी अधिकारी रोहन आनन्दले जानकारी दिए ।

    images

    “अझै दुई ट्रक पानीमा छन् र तिनलाई बाहिर निकालेपछि मात्र थाहा होला ती ट्रकमा कोही जीवित वा मृत व्यक्ति अड्किएको छ कि छैन ।”

    बीबीसी गुजरातीका अनुसार, बुधबार बिहान बडोदरा जिल्लाको बाहिरी क्षेत्रमा मही नदीमा बनेको पुल भत्किएका कारण धेरै सवारी साधन नदीमा खसेका थिए ।

    काठमाडौं । भारतको गुजरात राज्यको आनन्द र पाद्रालाई जोड्ने पुलको बीचको भाग भत्किँदा नौ जनाको मृत्यु भएको छ । अन्य नौ जनालाई उद्धार गरिएको गुजरातको बडोदराका प्रहरी अधिकारी रोहन आनन्दले जानकारी दिए ।

    images

    “अझै दुई ट्रक पानीमा छन् र तिनलाई बाहिर निकालेपछि मात्र थाहा होला ती ट्रकमा कोही जीवित वा मृत व्यक्ति अड्किएको छ कि छैन ।”

    images

    बीबीसी गुजरातीका अनुसार, बुधबार बिहान बडोदरा जिल्लाको बाहिरी क्षेत्रमा मही नदीमा बनेको पुल भत्किएका कारण धेरै सवारी साधन नदीमा खसेका थिए । 

    घटनाको सूचना प्राप्त भएपछि स्थानीय अधिकारीहरूले राहत र उद्धार कार्य थालेका छन् । 

    सडक र भवन विभागका मुख्य अभियन्ता सीपी पटेलका अनुसार, पुल सन् १९८५ मा खोलिएको थियो । पुल दुर्घटना कसरी भयो भन्ने प्रश्नको जवाफमा उनले जाँच भइरहेको र पूरा भएपछि मात्र थाहा हुने बताए ।

    “हामी सबै पुलहरूको मनसुनअघि र मनसुनपछि निरीक्षण गर्छौं । रेकर्ड हेरेपछि मात्र यो पुलको अवस्था के थियो भन्ने थाहा हुनेछ,” उनले भने ।

    यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति शोक व्यक्त गरेका छन् ।  प्रधानमन्त्रीले आफ्नो एक्स अकाउन्टमा गुजरातको बडोदरा जिल्लामा पुल भत्किएर भएको जनधनको क्षति अत्यन्त दु:खद रहेको बताएका छन् ।

    उनले अगाडि लेखेका छन्, “प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति राशि प्रदान गरिने र घाइतेहरूलाई ५० हजार रुपैयाँ दिइनेछ ।” 

    बीबीसी हिन्दीबाट ।

    images
    images

    प्रकाशित :आषाढ २५, २०८२ बुधवार - १६:२१:५७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij