• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


हमासले आज तीन जना रिहा गर्दै, बिपिनको नाम अझै आएन !

हमासले आज तीन जना रिहा गर्दै, बिपिनको नाम अझै आएन !

images

प्रभाव न्यूज

२६ माघ २०८१
  • 3.7K
    SHARES
  • images
    हमासले आज तीन जना रिहा गर्दै, बिपिनको नाम अझै आएन !
    images
    images
    images

     काठमाण्डौँ – हमासले शनिबार रिहा गर्ने तीन जना इजरायली बन्दीको नाम सार्वजनिक गरेको छ ।

    images

    एल साराबी, ओहाद बेन अमाइ र ओर लेभी रिहा हुन लागेका हुन्। १९ जनवरीमा युद्ध विराम भए यता १८ जना बन्दी यसअघि नै रिहा भइसकेका छन्।

    यसको बदलामा ३८३ प्यालेस्टाइनी कैदी पनि इजरायली जेलबाट छुटेका छन् । शनिबार थप १८३ जना प्यालेस्टाइनीलाई जेलबाट इजरायलले छाड्ने छ ।
    पहिलो चरणमा ३३ बन्दी तथा १९ सय कैदी छाड्ने सहमति भएको छ । छाड्ने भनिएका ३३ मध्य ८ जना मरीसकेको इजरायलले जनाएको छ ।

    ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो भने २५१ जना बन्दी बनाइएका थिए । यसको प्रतिकारमा इजरायलले गरेको हवाई आक्रमणमा ४७ हजार भन्दा बढी मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

    images

    images
    images

    प्रकाशित :माघ २६, २०८१ शनिवार - ११:०३:१९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij