• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


कमाण्डर भनेको केपी बा ! जस्तो  हुनुपर्छ 

कमाण्डर भनेको केपी बा ! जस्तो  हुनुपर्छ 

images

प्रभाव न्यूज

११ बैशाख २०८१
  • 10.6K
    SHARES
  • images
    कमाण्डर भनेको केपी बा ! जस्तो  हुनुपर्छ 
    images
    images
    images

    वास्तवमा, राजनेता  केपी  शर्मा ओलीलाई नेपालीले  सयौं वर्ष सम्म पल–पल सम्झनेछन्। उनी जिउँदो हुँदा आलोचना र गाली गर्नेहरुले पनि पछि खुलेर प्रशंसा गर्नेछन्। किनकि, अब सय वर्षसम्म नेपाली राजनीतिले गर्ने विकास र समृद्धिको परिकल्पना अहिले नै उनले कोरिदिएका छन्।

    images

    अब जतिपनि विकास हुन्छन् केपीको सपना भन्नेनै हुन्छ। अनि बहालवाला प्रधानमन्त्री हुँदा भारतीय नाकाबन्दीको डटेर सामना गरेको,  भारत हल्लिने गरि उनले व्यक्त गरेका अभिव्यक्ति र कदमहरुले भारत नेपालको  ठुल्दाई हैन समकक्षी साथी हो भन्ने पाठ भारतलाई मज्जाले सिकाएका थिए।

    अरु बहालवाला प्रधानमन्त्रीको यो दम छैन। जीवनको एक महत्वपूर्ण यात्रा पार गर्नुभयो। नजिकबाट जनताको समस्या सुन्न आफ्नो ज्यान नै धरापमा राखेर देश र जनताको निमित्त दिनरात नभनी सक्रिय भएर हिड्नुभयो।

    हजुरको स्वास्थ्य लाभको कामना सहित जनताको समस्या समाधान गर्न महत्त्वपूर्ण भुमिका खेल्नु हुनेछ भन्नेमा पुर्ण विश्वासको साथ यस ऐतिहासिक समृद्धको लागि संकल्प यात्रामा सहभागी सबै प्रति हार्दिक नमन अभिवादन व्यक्त गर्दछु। कम्युनिस्ट भनेको एमाले जस्तो रास्ट्रवादी, विकासवादी, न्यायवादी, जनमुखी हुनुपर्छ। कमान्डर भनेको केपी बा  जस्तो  हुनुपर्छ।

    images

    देशको भौगोलिक अवस्था जनजीवनहरुबारे नजिकैबाट नियल्नु भयो। समस्या पनि देख्नुभयो। सम्भावना पनि देख्नुभयो। अब यसलाई दिगो विकास गरेर समृद्ध नेपाल बनाउने गुरुयोजना बनाउनुहोला। देशलाई समृद्ध बनाउने आँट साहस र विवेक केपी  बा ! तपाईंसँग छ ।

    images

    अध्यक्षज्यूलगायतको यो ‘मेची–महाकाली झुलाघाट देखि –चिवाभञ्ज्याङ’ सम्मको संकल्प यात्राको टोलिलाई  हृदय देखि  समान ब्यक्त  गर्दै  अयोध्यायका राजा रामले सुशासनयुक्त रामराज्य स्थापनाको उद्देश्य लिएर गरिएको अश्वमेध यज्ञको संकल्प जस्तै मेची–महाकाली झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको ठोस उद्देश्य सफलतापुर्वक पुरा होस भन्दै हार्दिक मंगलमय शुभकामना समेत  अर्पण गर्दछु।

    जय–जय नेपाल सुन्दर, शान्त विशाल, भौगोलिक हिसावमा हामी सानो होला कला, संस्कृति,प्राकृतिमा  हामी विशाल छौं । यो अभियानले राष्ट्रियताको सवालमा नेपालीलाई एक हुने सन्देश दिएको छ।

    आफ्नो स्वास्थ र उमेरलाई ख्याल नगरी यति सक्रियतापूर्वक देश दौडाहमा लाग्नु सामन्य कुरा होइन। केपी  बा! तपाईंको हिम्मत र साहसलाई चाहिँ मान्नै पर्छ । अध्यक्ष कमरेडज्यु हजुरलाई  जति  नै  समान  गरे पनि कम हुनेछ।

    धन्यवाद अन्तमा केपी  बा!  समय, स्वास्थ  अवस्थाकोे कुनै लेखाजोखा नगरी  आफ्नो  मिसन पूरा गर्नुभयो। यस को लागि फेरि  पनि धन्यवाद छ । माता पाथीभरा ले  हजुरलाई रक्षा  गरून्।  केपी  बा! अब आउने दिनहरूमा देश लाई कसरी  विकासको लहरमा लैजाने तपाईंको  जिम्मा छ।   

    लाखौं  नेपाली हरु विदेशी  बनेर विदेशमा रगत पसिना  अब बगाउनु नपरोस्। आफ्नै देशमा केही  गरि खाने बाटो  बनाइदिनु होला  बा।

     आज लाखौं लाख  युवा  विदेशी  भूमिमा भएर पनि तपाईंको  साथमा  छन्।   नेपाली  रगत नेपाली  पसिना  देशमै अर्पण गर्ने अवसर मिलाउनको  लागि  एमालेलाई  बहुमत दिएर राजनेता  केपी  बालाई अब  कम्तीमा १० वर्ष  प्रधानमन्त्री  बनाउन  म सम्पूर्ण  जनसमुदाय  हरुलाई  हार्दिक  अपील  समेत  गर्दछु ।

    लेखक–रामप्रसाद  रिजाल 
     एमालेका  चर्चित  युवा  नेता  हुन।

    images
    images

    प्रकाशित :बैशाख ११, २०८१ मंगलवार - १९:३२:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij