• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


शौचालय कुन दिशामा बनाउँदा राम्रो हुन्छ ?

शौचालय कुन दिशामा बनाउँदा राम्रो हुन्छ ?

images

प्रभाव न्यूज

२२ पौष २०८०
  • 20.8K
    SHARES
  • images
    शौचालय कुन दिशामा बनाउँदा राम्रो हुन्छ ?
    images
    images
    images

    भनिन्छ कुनै घर कस्तो संस्कारको छ भनेर थाहा पाउन त्यस घरको शौचालय हेर्नुपर्छ ।

    images

    शौचालयलाई पछिल्लो समय रेष्टरुमको रुपमा लिन थालिएको छ ।

    भान्छा भन्दा शौचालय बढी सफा हुनुपर्ने चिकित्सक तथा अध्ययनहरूले प्रस्ट पारेका छन्। अहिले मानिसहरू यति व्यस्त छन् कि शौचालय नै पत्रिका पढ्ने तथा तथा मोबाइल चलाउने ठाउँ बन्दै गएको छ ।

    आज हामी वास्तुशास्त्रअनुसार शौचालय घरको कुन दिशामा बनाउनु उपयुक्त हुन्छ भन्ने बारेमा जानकारी गराउँदै छौँ । वास्तुशास्त्र अनुसार, शौचालय कहिले पनि घरको बीच भागमा बनाउनु हुँदैन ।

    images

    यसो गरे घरमा सकारात्मक ऊर्जा प्रवर्द्धन हुँदैन। उत्तरतर्फ फर्केको घरको लागि दक्षिण–पश्चिम वा दक्षिण–उत्तर–पश्चिम दिशामा शौचालय बनाउँदा राम्रो मानिएको छ ।

    images

    उत्तर दिशामा शौचालय राख्नाले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। दक्षिण, दक्षिण–पूर्व वा दक्षिण–पश्चिम दिशामा बाथरुम बनाउँदा यसले घरका मानिसहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ।

    शौचालयको निर्माण जमिनभन्दा एक देखि दुई फिट अग्लो हुनुपर्छ । घरको शौचालय वा बाथरुम सधैँ पूर्व दिशामा नहोस् भन्ने कुरामा ध्यान दिनुहोस् ।

    कसैको घरको दक्षिण पश्चिम दिशामा शौचालय बनाइएको छ भने कुनै प्रकारको फलामको सामग्री अगाडि राख्नु हुँदैन ।

    images
    images

    प्रकाशित :पौष २२, २०८० आइतवार - ०७:३०:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij