• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


आज फलफूल तथा तरकारीको मूल्य कति ?

आज फलफूल तथा तरकारीको मूल्य कति ?

images

प्रभाव न्यूज

२१ माघ २०८०
  • 7.2K
    SHARES
  • images
    आज फलफूल तथा तरकारीको मूल्य कति ?
    images
    images
    images

    काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ।

    images

    समितका अनुसार हरियो अंगुर प्रतिकेजी १५० रुपैयाँ, कालो अंगुर २५०, केरा दर्जनको १२०, अनार २५०, किबी ३५०, एभोकाडो ३००, अम्बा १०० र स्ट्रबेरी ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

    यस्तै, नेपाली ठूलो गोलभेडा ६०, लोकल सानो गोलभेडा ३५, अदुवा २००, रातो आलु र रातो भारतीय आलु २८ रूपैयामा कारोबार हुँदा स्थानीय काउली ३०, लौका ७०, कागती २००, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

    लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ४०, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँ, लोकल घिउ सिमी ७०, राजमा घिउ सिमी १००, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ७० रूपैयामा खरिदबिक्री भइरहेको छ ।

    images

    गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६२, हरियो प्याज १२० र पुदिना ३५०, ब्रोकाउली ६०, चाइनिज सुकेको लसुन ३००, हरियो लसुन ११०, नेपाली सुकेको लसुन ३१०, लाम्चो भान्टा ६०, भिण्डी ११० र हरियो धनियाँ ११० रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।

    images

    images
    images

    प्रकाशित :माघ २१, २०८० आइतवार - ०८:३६:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij