• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


खोटाङको ऐसेलुखर्कमा कृषि प्रदर्शनी–८७ जना कृषक सम्मानित

खोटाङको ऐसेलुखर्कमा कृषि प्रदर्शनी–८७ जना कृषक सम्मानित

images

प्रभाव न्यूज

८ माघ २०८०
  • 21.5K
    SHARES
  • images
    खोटाङको  ऐसेलुखर्कमा कृषि प्रदर्शनी–८७ जना कृषक सम्मानित
    images
    images
    images

    खोटाङ – ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको कृषि मेला प्रदर्शनीमा ५९ जना कृषक सम्मानित भएका छन्।

    images

    जि–फाउन्डेशनको आर्थिक सहयोग तथा प्रयास नेपालको समन्वयमा गाउँपालिकाले आयोजना गरेको दुई दिने कृषि मेला प्रदर्शनी कार्यक्रम समापनको अवसरमा सोमबार विभिन्न २७ विद्यामा उत्कृष्ट भएका ८७ जना कृषकलाई सम्मान गरिएको हो।

    सम्मानित हुने कृषकलाई गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई, उपप्रमुख राजेशकुमार राजभण्डारी, प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापा र प्रयास नेपालका अध्यक्ष गुप्तीलक्ष्मी राईले संयुक्तरुपमा प्रमाणपत्रसहित कृषि औजार तथा कृषि सामग्रीहरु प्रदान गर्नुभएको छ।

    कृषि मेला प्रदर्शनी कार्यक्रममा विभिन्न चार विद्यामा प्रथम स्थान हासिल गर्नुहुने वडा नं. ७ माक्पाकी सर्वोत्कृष्ट महिला कृषक डिल्लीमायाँ राईलाई नगद रु तीन हजारसहित पुरस्कार प्रदान गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख प्रमोद राजभण्डारीले जानकारी दिनुभएको छ।

    images

    कृषि मेला प्रदर्शनी कार्यक्रममा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने कृषकलाई क्रमशः रु तीन हजार, रु दुई हजार ५००, रु दुई हजार र रु ८०० मूल्य बराबरको कृषि सामग्री प्रदान गरिएको जनाइएको छ। उत्कृष्ट कृषकलाई कोदालो, झम्पल, ड्रम, पाइप, सिकेचर, स्प्रिङकल, क्यारेट लगायतका कृषि सामग्री प्रदान गरिएको हो।

    images

    ‘ऐसेलुखर्कको समृद्धिको आधार, दिगो प्राङ्गारिक खेती हाम्रो पूर्वाधार’ भन्ने मूल नाराका साथ आयोजित कृषि मेला प्रदर्शनी कार्यक्रममा १४१ जना कृषकले विभिन्न विद्याका स्टल राखेका थिए।

    ऐसेलुखर्क बजारमा आयोजित मेलामा नगदेबाली, फलफूल तथा तरकारीबाली प्रदर्शनीमा राखिएको थियो।

    कृषि क्षेत्रको विकास तथा प्रवद्र्धनलाई पहिलो प्राथमिकतामा राखेको उक्त गाउँपालिकाले हरेक वर्ष कृषि मेला प्रदर्शनी कार्यक्रम गर्दै आएको छ।

    हरेक वर्ष आयोजना गरिने कृषि मेला प्रदर्शनी कार्यक्रमले कृषकलाई हौसला प्रदान गरेको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभएको छ।

    images
    images

    प्रकाशित :माघ ८, २०८० सोमवार - २१:४६:४९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij