• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


१०३ वर्षीय वृद्धले गरे ४९ वर्षकी महिलासँग तेस्रो बिहे

१०३ वर्षीय वृद्धले गरे ४९ वर्षकी महिलासँग तेस्रो बिहे

images

प्रभाव न्यूज

१५ माघ २०८०
  • 17.3K
    SHARES
  • images
    १०३ वर्षीय वृद्धले गरे ४९ वर्षकी महिलासँग तेस्रो बिहे
    images
    images
    images

    भोपाल – भारतमा १०३ वर्षका एक जना वृद्धले बिहे गरेको समाचार यतिबेला भाइरल बनेको छ। एक्लोपन भगाउन भन्दै भोपालका ती वयोवृद्धले ४९ वर्षकी महिलासँग तेस्रो बिहे गरेका हुन्।

    images

    हबीब नजर उर्फ मंझले मियांलाई आजतकले मध्य प्रदेशको सबैभन्दा पाको बेहुला भनेको छ। स्वतन्त्रता सेनानी हबीबले आफू एक्लो भएको भन्दै एक्लोपन भगाउन आफूभन्दा आधाभन्दा कम उमेरकी बेहुली भित्र्याए।

    सामाजिक सञ्जालमा यतिबेला यो बिहेबारे निकै चर्चा चलिरहेको छ। यो बिहे सन् २०२३ मा भएको हो।

    तर अहिले आएर भिडियो भाइरल भइरहेको छ। बेहुला र बेहुलीको उमेर र उमेर अन्तरका कारण पनि बिहेबारे चर्चा चुलिएको हो। बेहुली फिरोज जहाँको उमेर ४९ वर्ष रहेको छ।

    images

    आइतबार बिहेको भिडियो सामाजिक सञ्जालमा शेयर गरिएको थियो। भिडियो शेयर हुने बित्तिकै भाइरल भयो। हबीब नजरको यो तेस्रो बिहे हो।

    images


    भिडियोमा हबीब बिहे गरेर बेहुलीसँग घर फर्किरहेका छन्। मान्छेहरुले उनलाई बधाई दिइरहेका छन्।

    हबीब मुसुक्क मुस्कुराउँदै सबैलाई धन्यवाद भनिरहेका छन्। हबिबको पहिलो पत्नीको तर्फबाट सन्तान थिएनन्। त्यसपछि उनले अर्को बिहे गरे । तर दोस्रो पत्नीबाट पनि उनले सन्तान सुख पाएनन्।

    दोस्रो श्रीमतीको २ वर्षअघि मृत्यु भएपछि उनी एक्लो भएका थिए। सुरुमा फिरोजले वयोवृद्धसँग बिहे गर्नका लागि अस्वीकार गरेकी थिइन।

    श्रीमानको मृत्युपछि फिरोज एकल जीवन बिताउँदै थिइन्। आफू पनि एक्लो अनि हबीब पनि एक्लो भन्दै पछि बिहेको लागि स्वीकृति दिइन्।

    images
    images

    प्रकाशित :माघ १५, २०८० सोमवार - १८:२२:४७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij