• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


किसानलाई अनुदानमा किबिको बिरुवा वितरण

किसानलाई अनुदानमा किबिको बिरुवा वितरण

images

प्रभाव न्यूज

३ माघ २०८०
  • 9.8K
    SHARES
  • images
    किसानलाई अनुदानमा किबिको बिरुवा वितरण
    images
    images
    images

    जिल्लाको वैतेश्वर गाउँपालिकाले चालु वर्षको किबि खेती बिस्तार तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत स्थानीय किसानलाई ९० प्रतिशत अनुदानमा किबिको बिरुवा वितरण गरेको छ ।

    images

    गाउँपालिकाले किबि खेतीयोग्य क्षेत्रको पहिचान गरी वडा नम्बर-६ बाहेकका सात वटा वडामा बुधबार बिरुवा वितरण गरेको वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले जानकारी दिइन् ।

    उपाध्यक्ष उप्रेतीका अनुसार पालिकाले वडा नम्बर-१ का ३६ जना किसानलाई १६ सय बिरुवा वितरण गरेको छ।त्यस्तै वडा नम्बर-२ का ६ जना किसानलाई दुई सय पाँचवटा, वडा नम्बर-३ का २४ जना किसानलाई तीन सय ७० वटा बिरुवा वितरण गरेको छ ।

    त्यसै गरी वडा नम्बर-४ का २२ जना किसानलाई पाँच सय १३ वटा, वडा नम्बर-५ का ४ जना किसानलाई ९३ वटा बिरुवा वितरण गरेको हो ।

    images

    त्यस्तै वडा नम्बर-७ का १४ जना किसानको लागि दुई सय दुई वटा र वडा नम्बर-८ का ४३ जना किसानलाई नौ सय ६५ वटा बिरुवा वितरण गरेको छ ।

    images

    गाउँपालिकाले किसानलाई ९० प्रतिशत अनुदानमा हेवाड, मन्ट्टी, एलिसन जातको किबिको बिरुवा वडागत रूपमा वितरण गरेको वैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डेले जानकारी दिए। पालिकाले निवेदन र मागको आधारमा किसानलाई बिरुवा वितरण गरेको हो ।

    सात वडामा उपाध्यक्ष उप्रेतीको रोहवरमा वडा अध्यक्षलाई बिरुवा वितरण गर्न प्रत्येकवडामा पुगेर बिरुवा हस्तान्तरण गरिएको प्राविधिक पाण्डेले बताए ।

    पालिकाले यस वर्ष पालिकामै उत्पादन गरिएको विरुवालाई प्राथमिकता दिएर चार हजार ४४ वटा बिरुवा वितरण गरेको हो । एक जना किसानलाई न्युनतम ५ देखी अधिकतम ८० वटा सम्म बिरुवा अनुदानमा उपलब्ध गराइएको हो ।

    सात वडाका एक सय पचास जना किसानलाई निवेदन र बिरुवा मागका आधारमा बिरुवा वितरण गरिएको छ ।

    images
    images

    प्रकाशित :माघ ३, २०८० बुधवार - १६:१७:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij