• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


गुगल क्रोम सुस्त भयो ? यसो गर्नुस्

गुगल क्रोम सुस्त भयो ? यसो गर्नुस्

images

प्रभाव न्यूज

२१ पौष २०८०
  • 10.9K
    SHARES
  • images
    गुगल क्रोम सुस्त भयो ? यसो गर्नुस्
    images
    images
    images

    काठमाडौं - गुगल क्रोम इन्टरनेट दुनियाँको सर्वाधिक लोकप्रिय वेब ब्राउजर हो ।

    images

    विश्वका अर्बौँ मानिसले गुगल क्रोमको प्रयोग गरिरहेका छन् । एन्ड्रोइड डिभाइसहरुमा डिफल्ट रुपमा प्राप्त हुने हुनाले क्रोमको लोकप्रियता र प्रयोग सर्वाधिक भएको हो ।

    तर स्मार्टफोनमा मात्र नभएर ल्यापटप र पर्सनल कम्प्युटरमा समेत क्रोमको प्रयोग सबैभन्दा धेरै हुने गरेको छ । गुगल क्रोममा इन्टरनेट चलाइरहँदा कहिलेकाहीँ यो ब्राउजर यति स्लो बन्दछ कि निकै समस्या खडा हुन्छ ।

    अझ सुस्त भएर ह्याङ भएको क्रोमको ट्याब एक क्लिकमा बन्द नै नहुँदा अर्को समस्या पैदा हुन्छ ।

    images

    डिफल्ट रुपमा क्रोम ब्राउजरमा Hardware Acceleration फिचर बन्द हुन्छ । तर यसलाई सक्रिय बनाएर तपाईँले क्रोम ब्राउजरलाई फास्ट बनाउन सक्नुहुन्छ ।

    images

    आमरुपमा क्रोम ब्राउजरले वेबपेजलाई चलाउनका लागि डिभाइसको सिस्टमको सीपीयू तथा सफ्टवेयरको प्रयोग गर्दछ ।

    तर Hardware Acceleration  सक्रिय बनाएसँगै ब्राउजरले प्रयोगकर्ताको सिस्टमको ग्राफिक्स कार्डको प्रयोग गर्न थाल्छ ।

    त्यसपछि क्रोमको स्पीड बढ्दछ । यो फिचर उच्च ग्राफिक्सयुक्त पेजयुक्त वेबसाइटका लागि अझै उपयुक्त हुन्छ ।

    Hardware Acceleration  फिचरलाई कसरी सक्रिय बनाउने ?

    • सबैभनदा पहिले गुगल क्रोम ब्राउजर खोल्नुहोस्
    • मथि दायाँ भागमा देखिने तिनथोप्ले आइकनमा क्लिक गर्नुहोस्
    • त्यसपछि तलतर्फ देखिइरहेको Settings को बटनमा क्लिक गर्नुहोस् र System को अप्सनमा क्लिक गर्नुहोस्
    • अब तपाइँले Use hardware acceleration when available को अप्सन देख्नुहुनेछ
    • त्यसलाई on गर्नुहोस् । त्यसपछि क्रोमले पुनः सुरु गर्नका लागि अह्राउनेछ
    • Re-launch का लागि स्वीकृति दिनुहोस् । त्यसपछि तपाइँको डिभाइसमा रहेको क्रोम उच्च गतिमा चल्नेछ ।

    – एजेन्सी

    images
    images

    प्रकाशित :पौष २१, २०८० शनिवार - २०:२७:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij