• मंगलवार, कार्तिक १८ गते २०८३

TRENDING :

Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते


प्रविधिको सुविधामा वडाको ध्यान, दिक्तेलबजारका यी ठाउँमा आफैं चल्छ वाईफाई 

प्रविधिको सुविधामा वडाको ध्यान, दिक्तेलबजारका यी ठाउँमा आफैं चल्छ वाईफाई 

images

प्रभाव न्यूज

८ माघ २०८०
  • 28.4K
    SHARES
  • images
    प्रविधिको सुविधामा वडाको ध्यान, दिक्तेलबजारका यी ठाउँमा आफैं चल्छ वाईफाई 
    images
    images
    images


    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१ को कार्यालयले दक्तेलबजारका विभिन्न आठ स्थामा निःशुल्क वाइफाई जडान गरेर सञ्चालनमा ल्याएको छ।

    images

    रत्नपार्कको सपीङ कम्प्लेक्स, साप्ताहिक हाटबजार लाग्ने हाँटडाँडा, जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटको बाहिर, जिल्ला अस्पतालको टिकट काउण्टरमा, सरस्वती मावि, पञ्च मावि, सरस्वती आधारभूत विद्यालय पोखरी, युवावर्ष प्राविमा वाइफाई जडान गरेर सञ्चालन भईरहेको दिक्तेलका वडाध्यक्ष नवराज राईले बताए।

    मानिसहरु जम्मा भएर सेवा लिने स्थानहरुमा कहिले काँही आकस्मिक रुपमा नपुगेका तथा छुटेका कागजातहरु आदानप्रदान गर्न र इन्टरनेटको सहायताबाट गर्नुपर्ने सम्पूर्ण काममा सहज होस भनेर फ्रि वाइफाई जडान गरिएको अध्यक्ष राईको भनाई छ।

    विद्यालयहरुमा जडान गरिएको सीसी क्यामेरालाई मोवाईल फोनमा कनेक्ट गर्न त्यहाँ पनि फ्रि वाइफाई जडान गरिएको हो।

    images

    वडाको दुई लाख बजेटमा आवश्यक सम्पूर्ण सामाग्री खरीद, जडान खर्च र एक वर्ष रिचार्जसहित वाइफाई जडान गरेर सञ्चालन गरिएको हो। यी आठ स्थानका वाइफाई नेपाल टेलिकमको ५० एमबीपीएसको वाइफाई हो।

    images

    images
    images

    प्रकाशित :माघ ८, २०८० सोमवार - १४:०८:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij