• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


इजरायल र हिजबुल्लाह विद्रोहीबीच भिडन्त

इजरायल र हिजबुल्लाह विद्रोहीबीच भिडन्त

images

प्रभाव न्यूज

११ पौष २०८०
  • 6.5K
    SHARES
  • images
    इजरायल र हिजबुल्लाह विद्रोहीबीच भिडन्त
    images
    images
    images

    तेल अबिब– इजरायल र लेबनानको सीमामा इजरायल र इरान समर्थित हिजबुल्लाह विद्रोहीबीच भीषण भिडन्त भएको छ ।

    images

    सो क्षेत्रमा धेरै इजरायली हवाई हमला जारी रहेको बताइएको छ । इरान समर्थित हिजबुल्लाह बिद्रोहीले इजरायलका कम्तीमा आठ स्थानमा आक्रमण गरेको जनाउँदै त्यसको जिम्मेवारीसमेत लिएको छ।भिडन्तमा इजरायली सेनाले आफ्ना ९ सैनिकहरू घाइते भएको जनाएको छ ।

    जसमा एक जना गम्भीर घाइते भएका छन् भने उनको उपचार जारी रहेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार लेबनानमा नकौरालाई टायरसँग जोड्ने क्लाईलेह उपत्यकामा तीनवटा इजरायली हवाई आक्रमण भएको थियो।

    साथै, सीमाबाट लगभग १६ किलोमिटर दूरीमा रहेका स्थानमा पनि दुईवटा हवाई आक्रमणहरू भएका थिए।भिडन्तको क्रममा धेरै बमबारीसमेत भएको जनाइएको छ ।

    images

    images
    images

    प्रकाशित :पौष ११, २०८० बुधवार - ०८:०६:५६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij