• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


साउदी प्रो लिग : अल इत्तिहादमाथि अल नासरको फराकिलो जित

साउदी प्रो लिग : अल इत्तिहादमाथि अल नासरको फराकिलो जित

images

प्रभाव न्यूज

११ पौष २०८०
  • 7.2K
    SHARES
  • images
    साउदी प्रो लिग : अल इत्तिहादमाथि अल नासरको फराकिलो जित
    images
    images
    images

    काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल नासरले अल इत्तिहादलाई फराकिलो अन्तरले पराजित गरेको छ।

    images

    गएराति सम्पन्न खेलमा अल नासरले अल इतिहादलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । क्रिस्टियानो रोनाल्डो भर्सेस करिम बेन्जमाको रूपमा हेरिएको यस खेलमा रोनाल्डोले दुई गोल गरेका थिए। त्यस्तै अल नासरका लागि साडियो मानेले पनि २ गोल गरे भने टालिस्काले एक गोल गरेका थिए।

    यस खेलमा २ गोल गरेसँगै क्रिस्टियानो रोनाल्डोले २०२३ मा आफ्नो गोल संख्या ५३ पुर्याएका छन्। साथै २०२३ मा रोनाल्डो सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका छन्। खेलमा अल इत्तिहादका लागि दुवै गोल अबडेराजक हम्दल्लाहले गरेका थिए।

    यो सिजनमा अल नासरको यो १४औँ जित हो । यो जितपछि अल नासर १८ खेलबाट ४३ अंक बटुल्दै दोस्रो स्थानमा कायम रहेको छ।

    images

    पराजित भएको अल इत्तिहाद १८ खेलबाट १८ अंक जोडर छैटौँ स्थानमा छ । शीर्ष स्थानमा रहेको अल हिलालको ५० अंक छ ।

    images

    images
    images

    प्रकाशित :पौष ११, २०८० बुधवार - ०८:०३:०५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij