नयाँदिल्ली– भारतको सुरत शहरमा सामूहिक आत्महत्याको खबर सार्वजनिक भएको छ ।
यस दुखद घटनामा एकैसाथ सात जनाको मृत्यु भएको छ। सुरतको यो हृदयविदारक घटनामा पुरै परिवारले विष पिएर सामूहिक आत्महत्या गरेका छन् ।
एक परिवारका श्रीमान श्रीमती, बाबुआमा, एक छोरा र दुई छोरीसहित सामूहिक आत्महत्या गरेको खबर सार्वजनिक भएको हो ।
शान्तिलाल सोलंकीले झुण्डिएर आत्महत्या गरेका छन् भने परिवारका अन्य सदस्यले पनि विष खाएर आत्महत्या गरेको आशंका गरिएको छ । यो घटना सूरतको पालनपुर क्षेत्रमा भएको हो ।
प्रहरीका अनुसार यो दुखद घटना शनिबार सूरतको अडाजन क्षेत्रमा भएको हो । यस घटनाले सुरतका बासिन्दाहरूलाई स्तब्ध बनाएको छ किनभने चार वयस्क र तीन बालबालिकासहित एकै परिवारका सात सदस्यले सामूहिक आत्महत्या गरेका छन्।
घटना अडाजनको पालनपुर पटियास्थित सिद्धेश्वर अपार्टमेन्टमा भएको हो । शान्तिलाल सोलंकीले पहिले आफ्नी श्रीमती, आमा, बुबा र तीन छोराछोरीसहित परिवारका सदस्यलाई विष दिएर पछि आफ्नै अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेका थिए ।
घटना बारे स्थानीयले प्रहरीलाई खबर गरेपछि अडाजन प्रहरी र वरिष्ठ प्रहरी अधिकारी घटनास्थलमा पुगेका थिए ।