• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


भारतका ८ पूर्व सैनिकलाई कतारमा फाँसीको सजाय सुनाइयो

भारतका ८ पूर्व सैनिकलाई कतारमा फाँसीको सजाय सुनाइयो

images

प्रभाव न्यूज

१० कार्तिक २०८०
  • 20.7K
    SHARES
  • images
    भारतका ८ पूर्व सैनिकलाई कतारमा फाँसीको सजाय सुनाइयो
    images
    images
    images

    काठमाडौं - कतारमा पक्राउ परेका आठ भारतीय नागरिकलाई फाँसीको सजायँ सुनाइएको छ ।

    images

    भारत सरकारले यसबाट स्तब्ध भएको भन्दै उनीहरुलाई जोगाउन सबै कानुनी विकल्पहरु खोजिने जनाएको छ।

    फाँसीको सजायँ सुनाइएका आठ भारतीय नागरिकहरु भारतको जल सेनाका अवकाशप्राप्त अधिकारीहरु हुन्। उनीहरु कतारमा जासुसी गरेको आरोपमा सेप्टेम्बर २०२२ मा पक्राउ परेका थिए।

    उनीहरुमाथि संवेदनशील सूचना इजरायललाई दिएको आरोप छ।

    images

    भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीसँग शुरुआती जानकारी छ कि कतारको अदालतले अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित घटनामा आफ्नो फैसला सुनाएको छ।

    images

    हामी फाँसी दिने फैसलाबाट सतब्ध छौं र विस्तृत फैसला कुरिरहेका छौं।

    ’विज्ञप्तिमा थप लेखिएको छ, ‘हामी उनीहरुका परिवारका सदस्यहरु र कानुनी टिमसँग सम्पर्कमा छौं। हामीले यो घटनालाई सर्वोच्च प्राथमिकताका साथ हेरिरहेका छौं र यो कुरालाई कतारको प्रशासनसमक्ष राख्ने छौं।’

    भारतीय विदेश मन्त्रालयले अहिले उक्त मुद्दामा कुनै टिप्पणी गर्न नसक्ने पनि जनाएको छ ।

    images
    images

    प्रकाशित :कार्तिक १०, २०८० शुक्रवार - ०७:५५:०८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij