• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


इजरायली प्रतिरक्षा फौजका प्रमुखको उद्घोष– गाजामा आक्रमणका लागि हामी तयार छौँ

इजरायली प्रतिरक्षा फौजका प्रमुखको उद्घोष– गाजामा आक्रमणका लागि हामी तयार छौँ

images

प्रभाव न्यूज

८ कार्तिक २०८०
  • 6.7K
    SHARES
  • images
    इजरायली प्रतिरक्षा फौजका प्रमुखको उद्घोष– गाजामा आक्रमणका लागि हामी तयार छौँ
    images
    images
    images

    तेल अविव- इजरायल प्रतिरक्षा फौज (आईडीएफ)ले दक्षिण सीमामा तैनाथस्थल सेना गाजामाथि ‘आक्रमण’का लागि तयार रहेको घोषणा गरेको दी जेरुसेलम पोस्टले बताएको छ।

    images

    इजरायलको दक्षिणी सीमामा पत्रकारहरूलाई जानकारी दिँदै आईडीएफ प्रमुख हर्जी हलेवीले भने, ‘हामी आक्रमणका लागि तयार छौँ भन्नेबारमा म स्पष्ट हुन चाहन्छु।’ उनले आईडीएफ मुलुकको राजनीतिक क्षेत्रसँगको समन्वयमा गाजामाथि स्थल आक्रमणको ‘सटिक समय’मा निर्णय लिने प्रक्रियामा रहेको बताए ।

    अक्टोबर ७ मा हमासको इजराइलमाथि आतङ्ककारी हमलापछि गाजामाथि जवाफी आक्रमणमा भएको ढिलाइबारे उनले भने, ‘यो चरणमा सामरिक र रणनीतिक कारक छन्, हामीलाई तयार रहन र सुधार गर्न प्रत्येक मिनेटको उपयोगका लागि धेरै समय प्राप्त हुन्छ ।’ उनका अनुसार प्रत्येक मिनेट गुज्रिँदा दुश्मनमाथि अझ धेरै हमला भइरहेको छ ।

    ‘अर्को पक्षमा प्रत्येक मिनेट खेर जाँदा हामी शत्रुमाथि धेरै हमला गरिरहेका छौँ, उसका लडाकूलाई मारिरहेका छौँ, उसका कमान्डरहरूलाई मारिरहेका छौँ, उसको पूर्वाधारलाई नष्ट गरिरहेका छौँ र अर्को कदमका लागि धेरै जासुसी जानकारी बटुलिरहेका छौँ,’ हमासले इजरायली आक्रमणका लागि जति लामो समय पर्खिरहन्छ त्यति नै तनावग्रस्त हुने उल्लेख गर्दै उनले भने, ‘हामीले उनीहरूलाई तनावमा राखेका छौँ ।’

    images

    images
    images

    प्रकाशित :कार्तिक ८, २०८० बुधवार - २०:५७:१९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij