• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


क्यानडामा ४२० स्थानमा डढेलो, ६५ हजारभन्दा बढी परिवार विस्थापित

क्यानडामा ४२० स्थानमा डढेलो, ६५ हजारभन्दा बढी परिवार विस्थापित

images

प्रभाव न्यूज

१७ भाद्र २०८०
  • 6.8K
    SHARES
  • images
    क्यानडामा ४२० स्थानमा डढेलो, ६५ हजारभन्दा बढी परिवार विस्थापित
    images
    images
    images

    काठमाडौं । क्यानडाका धेरै जंगलमा डढेलो लागेको छ ।

    images

    पश्चिमी प्रान्तका ब्रिटिस कोलम्बिया र नर्थवेस्ट टेरिटोरीका जंगलहरूमा डढेलो लागेको हो ।

    खडेरी र लामो समयसम्म बेमौसमी तापक्रम वृद्धिले डढेलो नियन्त्रणबाहिर रहेको बताइएको छ ।

    २४ घण्टामा करिब २० ठाउँमा डढेलो लागेको छ । धेरैजसो डढेलो चट्याङका कारण लागेको हो ।

    images

    देशभर ४२० स्थानमा डढेलो लागेको बताइएको छ ।

    images

    सरकारले चार हजार २०० भन्दा बढी परिवारलाई जोखिम क्षेत्रबाट स्थानान्तरण गरेको छ ।

    ६५ हजार बढीलाई स्थानान्तरण गराउन आदेश दिइएको छ ।

    डढेलोको कारण प्रभावित प्रान्तमा दुई हप्ता आपत्कालीन अवस्था घोषणा गरिएको छ ।

    ब्रिटिस कोलम्बियाले गएको हिउँददेखि खडेरीको सामना गरिरहेको छ । उत्तरी क्षेत्रमा पानी नपर्दा आगो नियन्त्रणमा लिन समस्या भएको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

    images
    images

    प्रकाशित :भाद्र १७, २०८० आइतवार - १०:५५:४३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij