नयाँ दिल्ली - भारतको हिमाचल प्रदेशको कुल्लुमा एउटा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ।
सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
समाचारमा जनाइए अनुसार कुल्लुका डेपुटी कमिसनर आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताए।
बसभित्र कम्तीमा ४० विद्यार्थी सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ।