• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


भारतको उत्तराखण्डमा एक दिनका लागि बनाइएकी १९ वर्षीया मुख्यमन्त्री

भारतको उत्तराखण्डमा एक दिनका लागि बनाइएकी १९ वर्षीया मुख्यमन्त्री

images

प्रभाव न्यूज

११ माघ २०७७
  • 48.3K
    SHARES
  • images
    भारतको उत्तराखण्डमा एक दिनका लागि बनाइएकी १९ वर्षीया मुख्यमन्त्री
    images
    images
    images

    भारतको उत्तराखण्डमा आज एक १९ वर्षीया किशोरी एक दिनका लागि मुख्यमन्त्री बन्दैछिन् ।

    images

    यो समाचारले हिन्दी फिल्म नायकको याद दिलाउँछ। हामीले उक्त फिल्ममा अनिल कपुरलाई एक दिनको मुख्यमन्त्री बनेको देखेका थियौं।

    तर भारतको उत्तराखण्डमा सृष्टि गोस्वामीलाई सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो। हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि कार्यकारी अधिकारसहित आज एक दिनको मुख्यमन्त्री बन्नेछिन्।

    उनको उपस्थितिमा विधानसभा बैठक पनि बस्नेछ। विधानसभाको कोठा नम्बर १२० मा बैठक बस्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। सृष्टिलाई मुख्यमन्त्री बनाएर बैठक आयोजना गर्ने स्वीकृति र निर्देशन उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले दिइसकेका छन्।

    images

    उत्तराखण्ड बाल संरक्षण आयोगकी अध्यक्ष उषा नेगीका अनुसार २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको हो।

    images

    बुधबार मुख्य सचिव ओमप्रकाशलाई एक पत्र पठाउँदै २४ जनवरीका दिन बालिकाहरुको सशक्तिकरणका लागि एक प्रतिभाशाली छात्रालाई मुख्यमन्त्रीको जिम्मेवारी दिइएको नेगीले बताएकी छन्।

    प्रतिकात्मक भए पनि उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुनेछिन्। यो एक दिनको कार्यकालमा सृष्टिले विकास कार्यक्रमको समीक्षा गर्नेछिन्। यसका लागि छानिएका विभागका अधिकारीले ५-५ मिनेटको समयमा आ-आफ्नो रिपोर्ट पेस गर्नेछन्।

    विधानसभा आज १२ बजेदेखि ३ बजेसम्म चल्नेछ। उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनेछन् ।

    सृष्टिका पिता प्रविण पुरीले आफ्नी छोरीमाथि गर्व महसुस भएको बताए। सृष्टिले बीएसएम पीजी कलेज रुडकीमा बिएस्सी कृषि अध्ययन गर्दैछिन्।

    images
    images

    प्रकाशित :माघ ११, २०७७ आइतवार - १४:०२:५७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij