• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


यौन सम्पर्ककै क्रममा बिरामीको मृत्यु भएपछि नर्स बर्खास्त

यौन सम्पर्ककै क्रममा बिरामीको मृत्यु भएपछि नर्स बर्खास्त

images

प्रभाव न्यूज

२७ आषाढ २०८०
  • 24.9K
    SHARES
  • images
    यौन सम्पर्ककै क्रममा बिरामीको मृत्यु भएपछि नर्स बर्खास्त
    images
    images
    images

    वेल्स । बेलायतकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु भएको घटना सार्वजनिक भएको छ ।

    images

    ती बिरामीसँगको सम्बन्ध राख्दै आएको र यौन सम्बन्ध गर्दागर्दै बिरामीको मृत्यु भएको पत्ता लागेपछि अस्पतालले उनलाई जागिरबाट निकालेको छ।

    सो क्रममा मृतकसँग एक वर्षभन्दा बढी समयदेखि सम्बन्ध रहेको नर्सले स्वीकार गरिन् । नर्सले बिरामीको यौन सम्पर्कका बेला मृत्युपछि पनि एम्बुलेन्स नबोलाएको आरोप लागेको थियो ।

    जब मेडिकल आपत्कालीन कर्मचारीहरू पार्किङ स्थलमा पुगेका थिए, उनीहरुले बिरामीलाई आंशिक रूपमा नग्न र निष्क्रिय रूपमा भेटेका थिए ।

    images

    ती बिरामीको वेल्सको अस्पतालमा डायलिसिसको उपचार भइरहेको थियो । यौन सम्पर्क गर्दा गर्दै हृदयाघातका कारण उनको मृत्यु भएको थियो। द टाइम्स यूकेका अनुसार बिरामीको मृत्यु कार्डियक अरेस्ट र क्रोनिक मिर्गौला रोगका कारण भएको थियो।\ र्सिङ एण्ड मिडवाइफरी काउन्सिल (एनएमसी) प्यानल समक्ष विस्तृत अनुसन्धान र परीक्षणको माग गरिएको थियो ।

    images

    मिडिया रिपोर्ट अनुसार अभियुक्त नर्सका सहकर्मीहरूलाई मृतक बिरामीसँग उनको सम्बन्ध रहेको बारेमा थाहा थियो र उनीहरूमध्ये केहीले उनलाई गम्भीर परिणामहरूको चेतावनी पनि दिएका थिए। तर उनले यी सुझावहरूलाई बेवास्ता गर्दै निरन्तर यौन सम्पर्कका लागि बिरामीसँग सबन्धमा रहेकी थिइन् ।

    नर्सले आफ्नो पेसाको मर्यादा मात्र उल्लङ्घन गरेकी थिइन्, एम्बुलेन्स नबोलाएर र डाक्टरलाई पनि हृदयाघात भएको बारेमा जानकारी नदिई लुकाएकी थिइन । बरु, उनका साथीहरूले कारमा बिरामी छटपटिएको देखेपछि अरूलाई बोलाएका थिए । द टेलिग्राफका अनुसार, नर्सले भनिन् कि उनले कारको पछाडि ३० देखि ४५ मिनेट मात्र बिताएकी थिइन ।

    उनले काउन्सिलमा दिएको बयान अनुसार सो क्रममा बिरामी एक्कासि कराउन थालेको र मृत्यु भएको बताएकी छिन्। सुरुमा सबन्ध अस्वीकार गर्दै आएकी ती नर्सले पछि भने ती बिरामी पुरुषसँगको सम्बन्ध स्वीकार गरेकी थिइन र आफूले त्यो रात यौन सम्पर्कका लागि भेटेको पनि बताएकी थिइन् ।-एजेन्सी

    images
    images

    प्रकाशित :आषाढ २७, २०८० बुधवार - ०९:३७:१६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij